Logo

हुन्डाई फेस्टिभ डिलाइट २०७६ को विजेता घोषणा, १० जोडीले जिते दुबई घुम्ने मौका

हुन्डाई फेस्टिभ डिलाइट २०७६ को विजेता घोषणा, १० जोडीले जिते दुबई घुम्ने मौका



काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको हुन्डाई फेस्टिभ डिलाईट २०७६ अफरको विजेताहरुको नाम घोषणा गरेको छ ।

laxmi

कम्पनीको उक्त अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्की ड्र मार्फत १० भाग्यशाली जोडीलाई ४ रात ५ दिनको लागि दुबई भम्रण तथा बम्पर ड्रबाट २ विजेतालाई हुन्डाई स्यान्ट्रो र हुन्डाई भेन्यु जित्ने मौका थियो ।

उक्त अफरमा ४ रात ५ दिनको दुबई भ्रमणको १० जना भाग्यशाली जोडीहरुको नाम यसप्रकार छ ।
१) भरत सिंह पौडेल
२) चन्द्र मणि पौडेल
३) श्रीजेश घिमिरे
४) महेश्वर लाल सिंह
५) कृष्ण प्रकाश पौडेल शर्मा
६) राजु शाह
७) दल बहादुर बि.क.
८) विजय अग्रवाल/गणेश हार्डवेयर
९)एन्आईसी एसिया बैंक लि./निर्भिक सापकोटा
१०) खातु ईन्टरनेशनल प्रा. लि.

यस्तै उक्त अफरको पहिला बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर ३२९ का शालिकराम अधिकारीले हुन्डाई स्यान्ट्रो कार जितेका छन् । यस्तै अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १२७२ का नागेश्वर प्रसाद शाहले हुन्डाई भेन्यु जितेका छन् ।
उक्त योजना २ भदौ देखि १७ कात्र्तिक २०७६ सम्म लागु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL