Logo

सुजुकीको ‘नयाँ सुरुवात’ स्किम सार्वजनिक, ३ लाख ८० हजार डाउनपेमेन्टमै सुजुकी कार

सुजुकीको ‘नयाँ सुरुवात’ स्किम सार्वजनिक, ३ लाख ८० हजार डाउनपेमेन्टमै सुजुकी कार



काठमाडौं । सुजुकी मोटोकर्पले नयाँ सुरुवात नामको फाईनान्स स्किम सार्वजनिक गरेको छ । सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले कार किन्ने ग्राहकको सपनालाई साकार उक्त स्किम ल्याएको हो ।

laxmi

कम्पनीको उक्त स्किम अन्तर्गत ग्राहकले न्युनतम तीन लाख ७९ हजार ९ सय रुपैयाँ डाउनमेपेन्ट देखि सुजुकीका पेसेन्जर कार र दुई लाख ९९ हजार ७५० रुपैयाँ डाउनपेमेन्ट देखि सुजुकीका कमर्शियल गाडी खरिद गर्न सक्नेछन् ।

उक्त योजनामा डाउनपेमेन्टमा सुजुकीका पेसेन्जर कार खरिद गर्दा मात्र १३ हजार ९ सय १३ रुपैयाँ देखि र कमर्शियल मोडेल खरिद गर्दा ९ हजार सात सय ३४ रुपैयाँ देखि मासिक किस्ता तिर्नुपर्ने हुन्छ । फरक सुजुकीका मोडेलमा फरक डाउनपेमेन्ट र मासिक किस्ता लागू कम्पनीले जानकारी दिएको छ ।

फाइनान्स स्किमका अलावा सुजुकीले अधिकतम दुई लाख २५ हजार रुपैयाँसम्म आकर्षक नगद छुट, अधिकतम दुई लाख रुपैयाँ एक्सचेन्ज भ्यालुएसन र एक वर्षको इन्स्योरेन्सको व्यवस्था समेत गरेको छ । फरक सुजुकीका मोडेलमा फरक नगद छुट, एक्सचेन्ज भ्यालुएसन र इन्स्योरेन्सका लागू हुनेछ ।

कम्पनीका अनुसार अहिले कोभिड १९ को संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनले नेपाली ग्राहक अन्यौलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL