Logo

लकडाउनमा हुन्डाईका गाडीमा विशेष प्याकेज, बैंक किस्तामा ५० प्रतिशत छुट

लकडाउनमा हुन्डाईका गाडीमा विशेष प्याकेज, बैंक किस्तामा ५० प्रतिशत छुट



काठमाडौं । नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विषेश प्याकेजको घोषणा गरेको छ । कम्पनीले हाल कोविड – १९ को बदलिँदो परिस्थितीलाई सहज बनाउन र आफ्ना ग्राहकहरुको यात्रामा निरन्तर साथ दिनको लागि सानो प्रयास स्वरुप एक विशेष प्याकेज ल्याएको हो ।

laxmi

उक्त प्याकेज अन्तर्गत कम्पनीले हुण्डाई गाडीको खरिद गर्दा पहिलो वर्षको मासिक बैंक किस्तामा ५० प्रतिशत छुट दिनेछ । यस्तै ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको निशुल्क विमा, निशुल्क सडक कर (आ.व.७७र७८) का साथै स्पट एक्स्चेन्ज र सरल फाइनान्सको पनि फाईदा समेत लिन सक्ने कम्पनीले जानकारी दिएको छ । यससँगै उक्त प्याकेजमा चार वर्षको निस्शुल्क सर्भिस र तीन वर्षको वारेन्टी पनि उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL