Logo

टिप्पर राती ८ बजेपछि मात्रै उपत्यकामा प्रवेश गर्न पाउने, सार्वजनिक सवारीसाधनमा डस्टविन अनिवार्य

टिप्पर राती ८ बजेपछि मात्रै उपत्यकामा प्रवेश गर्न पाउने, सार्वजनिक सवारीसाधनमा डस्टविन अनिवार्य



काठमाडौं । सरकारले टिप्परलाई राती ८ बजेपछि मात्रै काठमाडौं उपत्यकामा प्रवेश गर्न दिने भएको छ । उपत्यकाको सवारी व्यवस्थापनलाई ध्यानमा राखी यातायात व्यवस्था विभागले राती ८ बजेपछि मात्रै टिप्परलाई प्रवेश गर्न दिने भएको हो ।

laxmi

विभागले बिहीबार साँझ एक सुचना जारी गर्दै काठमाडौंका प्रमुख नाका धुलिखेल र नागढुङ्गाबाट राती ८ बजेपछि मात्रै टिप्परलाई भित्रिन दिने जानकारी दिएको हो ।

यस्तै विभागले उपत्यकामा चल्ने टिप्परहरुले सडकमा पानी चुहाउने, बालुवा पोख्ने, जथाभावी पार्किङ गर्ने लगायतका काम नगर्न समेत टिप्पर धनीलाई निर्देशन दिएको छ । विभागका अनुसार अव टिप्पर तथा बालुवा ढुवानी गर्ने सवारीसाधनहरुले ढुवानी गरिसकेपछि धोएर सडकमा पानी नचुहिने गरी मात्रै सडकमा निकाल्न पाउनेछन ।

विभागको उक्त निर्देशनको अवज्ञा गरे प्रचलित कानुनअनुसार कारवाही गर्ने विभागले जानकारी दिएको छ । यस्तै विभागले सार्वजनिक सवारीसाधनमा यात्रुहरुलाई फोहोर व्यवस्थापनका लागि डस्टविन अनिवार्य राख्न निर्देशन दिएको छ । यस्तै चालक र सहचालकले पनि यात्रुहरुलाई शिष्ट र सभ्य व्यवहार गर्न विभागले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL