Logo

निजी सवारीलाई सार्वजनिक सवारीको रुपमा नचलाउन विभागको निर्देशन, निशानामा टुटल-पठाओ

निजी सवारीलाई सार्वजनिक सवारीको रुपमा नचलाउन विभागको निर्देशन, निशानामा टुटल-पठाओ



laxmi

काठमाडौं । यातायात व्यवस्था विभागले निजी सवारीसाधनलाई सार्वजनिक सवारीसाधनको रुपमा प्रयोग नगर्न निर्देशन दिएको छ । विभागले मंगलबार साँझ एक सुचना जारी गर्दै निजी सवारीसाधनलाई सार्वजनिक सवारीको रुपमा प्रयोग नगर्न निर्देशक जारी गरेको हो ।

विभागको यातायात व्यवस्था ऐन २०४९ को दफा १२ मा कुनै एक कामको लागि दर्ता भएको सवारीसाधन अन्य कामको लागि प्रयोग गर्न नपाईने व्यवस्था छ । यस्तै उक्त ऐनको दफा ८(२) मा निजी यातायात सेवाको लागि प्रयोग गर्न नपाईने व्यवस्था छ ।

उक्त ऐनमा टेकेर विभागले निजी सवारीसाधनलाई यात्रु चढाएर भाडा असुल्ने कार्य नगर्न निर्देशन समेत दिएको छ । हाल नेपालमा टुटल, पठाओलगायत राईड सेयिीङ कम्पनीले निजी सवारीसाधनलाई सार्वजनिक सवारीको रुपमा यात्रु चढाएर पैसा असुलिरहेको विभागले जानकारी दिएको छ ।

उक्त कम्पनीहरुले विभागको सूचना पश्चात पनि निजी सवारीसाधनलाई सार्वजनिक सवारीसाधनको रुपमा चलाएको पाईएमा कानुनबमोजिम कारवाही गरिने विभागले जानकारी दिएको छ । निजी क्षेत्रका सरोकारवालाहरुले यातायात व्यवस्था ऐन पुरानो भएको भन्दै संशोधन गरिनुपर्ने माग उठाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL