Logo

विश्व सम्पदा संरक्षणका लागि रोयल इन्फिल्डको मोटरसाईकल यात्रा, ३५ जना राइडर सहभागि

विश्व सम्पदा संरक्षणका लागि रोयल इन्फिल्डको मोटरसाईकल यात्रा, ३५ जना राइडर सहभागि



काठमाडौं । विश्व सम्पदा सुचिमा सुचिकृत पुरातात्वीक धरोहरहरुको सरंक्षण एवं सम्बद्र्धन गर्न ‘रोयल इन्फिल्ड मनसुन हेरिटेज राईड’ मोटरसाईकल यात्रा सम्पन्न गरेको छ ।

laxmi

एमभी दुगड ग्रुप अन्तरगतको विवेक अटोमोवाइलसले उक्त यात्राको आयोजना गरेको हो । नेपालको इतिहास बोकेको विश्व सम्पदा सुचिमा सुचिकृत पौराणिक पुरातात्वीक धरोहरहरुको सरंक्षण, सम्वर्दन एवं प्रचार प्रसार गर्ने उद्देश्यले उक्त यात्रा गरेको रोयल इन्फिल्डका ब्राण्ड मेनेजर अनुज मल्लले जानकारी दिएका छन ।

शनिबार भएको उक्त यात्रामा रोयल इन्फिल्ड क्लासीक–३५० गनमेटल ग्रे मोटरसाईकलका ३५ जना राइडरहरुले सहभागिता जनाएको थियो ।

याल्ली बालाजुको रोयल इन्फिल्ड शोरुमबाट सुरु भई स्वयम्भु, कलंकी, एकान्तकुना, मङ्गलबजार, ग्वार्को, तिनकुने, बानेश्वर, माईतीघर, भद्रकाली, सहिदगेट, न्युरोड, जमल, दरबार मार्ग, नागपोखरी हुदैँ मेला रेष्टुरेन्ट, लैन्चौरमा पुगेर समाप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL