Logo

नेपाल मेडिकल एण्ड ल्याब एक्सपो हुँदै, १० देशका विज्ञ तथा डाक्टरहरु आउने

नेपाल मेडिकल एण्ड ल्याब एक्सपो हुँदै, १० देशका विज्ञ तथा डाक्टरहरु आउने



काठमाडौं । तेस्रो नेपाल मेडिकल तथा ल्याब एक्स्पो हुने भएको छ । डिसेम्बर १४ देखि १६ गतेसम्म हुने उक्त एक्स्पो भृकुटिमण्डपमा आयोजना हुने भएको हो ।

एसडि प्रोमो मिडिया र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएशन अफ नेपालले आयोजना गरेको उक्त एक्स्पोमा मेडिकल एण्ड सर्जिकल इक्युपमेन्ट, डायगनोस्टिक्स, मेडिकल डिस्पोजेबल्स, फर्निचर एण्ड इन्फास्ट्रक्चर लागयतका सरसामानहरु प्रदर्शनीमा राखिने छ ।
यस्तै आइटी सर्भिस प्रोभाइडर, मेडिकल वेस्ट म्यानेजमेन्ट, फर्म्यासिलिटी म्यानेजमेन्ट, कमप्लीट हस्पिटल प्रोडक्ट्स एण्ड सपोर्ट सर्भिसेस, ल्याब, एनालाईटिकल, साइन्टिफिक एण्ड बायोटेक्निकल इन्सट्रुमेन्ट्स एण्ड कन्ज्युमेबल्सको को पनि प्रदर्शनी हुने आयोजकले जानकारी दिएको छ ।

प्रदर्शनीमा २ सय भन्दा बढि कम्पनीहरु र ५ सय भन्दा बढि ब्राण्डहरुको उपस्थिती र १० मुलुकका अफिसर, डाक्टर, निति निमार्णकर्ता, उद्योगपति तथा वैज्ञानिकहरु भेला हुनेछन ।

नेपालको स्वास्थ्य क्षेत्र तथा ल्याब प्रवधिलाई दु«तगति दिन यस एक्सपोले सहयोग पुर्याउने छ। यसका साथसाथै नेपालका कम्पनीहरुलाई नयाँ प्रविधि भित्र्याउन र नेपालमै यस्ता उत्पादन गर्नसक्ने मौका यो एक्सपोले दिनेछ । आगन्तुकहरुले स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि हेर्न पाउनेछन्, जो विभिन्न अस्पताल, प्याथोलोजी ल्याब, अनुसन्धान केन्द«, फार्मास्यूटीकल्स, खाद्य उद्योग, विश्वविद्यालय, ल्याबहरु तथा आपुर्तीसंग सम्बन्धित पनि रहने आयोजकले जनाएको छ ।

एक्सपोका साथसाथै दुईवटा सम्मेलन पनि आयोजना गर्ने एस.डि. प्रोमोले जानकारी दिएको छ । पहिलो सम्मेलन १४ डिसेम्बरमा हुनेछ, जसमा यस उद्योगसंग सम्बन्धित विज्ञहरुले स्वास्थ्य क्षेत्र तथा ल्याब प्रविधिमा भएका विकासका बारेमा छलफल गर्नेछन्। यस सम्मेलनमा सम्बन्धित सरकारी, मेडिकल शिक्षा, संघसंस्थाहरु तथा आयोजकहरुसंग आबद्घ व्यक्तिहरुले स्वास्थ्य क्षेत्रमा दिगो विकासका उपायहरु माथि छलफल गर्नेछन्। यसैगरी डिसेम्बर १५ मा ‘अस्पताल व्यवस्थापन’ शाीर्षकमा अर्को सम्मेलन गरिनेछ जसमा अस्पताल व्यवस्थापन सम्बन्धि विभिन्न विषयमा प्रयोगात्मक उपायहरुको छलफल तथा उदाहरण दिइनेछ । यो दोस्रो सम्मेलनमा ४ सय भन्दा बढि डाक्टरहरुको उपस्थिती रहने आयोजकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL