Logo

सेकेण्डह्याण्ड लुगाप्रति आकर्षिक हुँदै अमेरिका, ३ बर्षमा २१ गुणाले वृद्धि

सेकेण्डह्याण्ड लुगाप्रति आकर्षिक हुँदै अमेरिका, ३ बर्षमा २१ गुणाले वृद्धि



काठमाडौं । भनिन्छ एक जनाको फोहोर कसैका लागि मोहोर बनिदिन्छ । तर अहिलेको फेसन उद्योगको तीव्र वृद्धिले यो भनाईलाई यथार्थ तुल्याउन मद्दत गरिरहेको छ ।

laxmi

पछिल्लो ३ बर्षमा अमेरिकामा नयाँ लुगाभन्दा पुराना (सेकेन्डह्याण्ड) लुगाको व्यापार २१ गुणाले बढेको छ । यो भनेको झण्डै २४ अर्ब डलर बराबरको व्यापार हो । यो अझै बढेर ५१ अर्ब डलर पुग्ने अनुमान समेत गरिएको छ ।

एक फेसन रिसेल वेबसाईटका प्रबन्धक नील सन्डरका अनुसार अन्य सबै कपडाको तुलनामा पुराना कपडाको व्यापार अभुतपूर्व रुपमा फस्टाएको छ । उनको वेबसाईट ‘थ्रेडअप’ले गरेको अनुसन्धानमा पसलेहरुले सेकेन्डह्याण्ड लुगाहरु पनि नयाँ लुगाकै मूल्य अनुपातमा बेच्ने गरेका छन ।

उक्त वेबसाईटका अनुसार लक्जरी पसलहरुमा उक्त कपडाको मूल्यमा २६ प्रतिशतसम्म छुट पाईन्छ । त्यस्तै मध्ये बजारमा भने यसको मूल्यमा २५ र २२ प्रतिशतसम्म छुट दिईन्छ ।

पछिल्लो समय खुलेका विभिन्न नामका अनलाईन सपिङका कारण पनि यस्ता लुगाहरुको विक्री बढेको छ । अनलाईनमा धेरैभन्दा धेरै जनाले लुगा आफ्नो नाममा गर्ने र अन्यलाई बेच्ने प्रचलन बढेको वेबसाईटमा उल्लेख छ । विभिन्न बस्तुहरुले मेल खानुले पनि सेकेन्डह्याण्ड लुगामा मान्छेको रुची बढेको विज्ञहरु बताउँछन ।

यस्तै मान्छेमा पछिल्लो समय बढेको विवेकले पनि सेकेण्ड ह्याण्ड लुगाको व्यापार बढाएको छ । विश्वका कुल ग्राहकमध्ये ७२ प्रतिशत ग्राहकले वातावरणीय स्थानमा केही सामान खरिद गर्न चाहान्छन । तर मूल्यमा केही फरक परेमात्रै पनि कतिपय ग्राहकको ध्यान भड्किने सम्भावना हुन्छ र ग्राहकहरुले कम मूल्यको सामान खरिद गर्न चाहान्छन ।

जब कुनै एक लुगा, झोला, वा एक जोर जुत्ता प्रयोगको लागि राखिन्छ तव यस्ता नयाँ सामानको माग घट्दछ । यस्तै फेसन उद्योगहरुले ठुलो मात्रामा प्रदुशण उत्पादन गर्ने गर्दछन । जुन विश्वको कुल खराव पानीको २० प्रतिशत हुन आउँछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL