Logo

टी ब्यागको प्रयोग स्वास्थ्यको लागि घातक ! यस्तो छ असर

टी ब्यागको प्रयोग स्वास्थ्यको लागि घातक ! यस्तो छ असर



काठमाडौं । तपाई ‘टी ब्याग’ वाला चिया कत्तिको पिउनुहुन्छ ? यदी पिउनुहुन्छ भने यो हानिकारक हुने एक अध्ययनले देखाएको छ । हालै क्यानडास्थित म्याकगिल विश्वविद्यालयले गरेको एक अध्ययनमा एउटा टी ब्यागले करोडौं माईक्रोप्लास्टीक उत्सर्जन गर्ने पत्ता लागेको छ ।

अनुसन्धानकर्ताले एउटा टी ब्यागले १ कप चियामा ११ अर्ब माईक्रोप्लास्टीकका टुक्रा उत्सर्जन गर्ने पत्ता लगाएका हुन । चियामा उत्सर्जन हुने उक्त माइाक्रोप्लास्टीकका कारण मानिसको शरिरमा अचानक नयाँ किसिमको रोग लाग्न सक्ने सम्भावना रहन्छ ।

अनुसन्धाताहरुले उक्त अनुसन्धानका लागि टी ब्यागभित्रको चिया फालेर उक्त ब्यागलाई पानीमा केही बेर उमालेका थिए । जसअनुसार उक्त पानीमा उक्त टी ब्यागका नानो तथा माईक्रोफाईबरहरु उत्सर्जीत भएका थिए ।

बैज्ञानिकहरुले यस्ता माईक्रोप्लास्टीकहरु धेरै प्रकारका खानेकुरामा पाईएको जानकारी दिएका छन । अन्य खानाको तुलनामा पानीमा भने यस्ता माईक्रोप्लास्टीकहरु बगाएर फाल्न पनि सकिन्छ । प्रायजसो चीया उद्योगीहरुले चियाको प्याकेट पोलीप्रोपीलिनबाट बनाएका हुन्छन ।

यसै बर्ष गरिएको एक अर्काे अनुसन्धानअनुसार मानिसले प्रतिहप्ता कम्तिमा पनि ५ ग्राम प्लास्टीक खान्छ । यसको सुरुवात प्लास्टीकका बोतलदेखि पानीको धारासम्म हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार माईक्रोप्लास्टकिकको असर तत्काल त्यती नदेखिएपनि कालान्तरमा भने यसले भयानक रोग निम्त्याउन सक्छ । यस्तै उक्त अनुसन्धानले हामीले प्रयोग गर्ने प्रायजसो खानामा माईक्रोप्लास्टकको मात्रा अत्याधिक हुने जानकारी दिएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL