Logo

चीनको अर्थतन्त्रको गति २८ वर्ष यताकै न्यून, २०१९ मा विश्व आर्थिक वृद्धिमै मन्दीे

चीनको अर्थतन्त्रको गति २८ वर्ष यताकै न्यून, २०१९ मा विश्व आर्थिक वृद्धिमै मन्दीे



काठमाडौं । चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै ३ दशक यताकै सबैभन्दा न्यून भएको तथ्याङकले देखाएको छ । अर्थतन्त्रमा कमि आउनुको मूख्य कारण भने ऋणको बोझ र अमेरिकासँगको व्यापार युद्ध रहेको विज्ञहरुले जानकारी दिएका छन ।

राष्ट्रिय तथ्याङक ब्यूरो (एनबीएस) ले गत वर्ष सन् २०१८ मा आर्थिक वृद्धिदर ६ दशमलब ८ प्रतिशत हुने अनुमान गरेकोमा समग्र तथ्याङक विश्लेषण गर्दा त्यस्तो आर्थिक वृद्धिदर ६ दशमलब ६ प्रतिशत भएको जानकारी दिएको छ ।

एनबीएसका अनुसार सन् २०१८ का अन्तिम ३ महिनामा आर्थिक वृद्धिदरमा अनपेक्षित रुपमा कमी आएको छ । अर्थविज्ञहरुले अमेरिका–चीनबीचको व्यापार तनाब कम नभए सन् २०१९ मा विश्व आर्थिक वृद्धिमै मन्दी आउन सक्ने अनुमान गरिरहेका छन् ।

‘वित्तीय जोखिम रोकथाम गर्ने, लक्षित गरिबी निवारण गर्ने तथा प्रदूषण नियन्त्रण गर्ने कार्यमा निकै प्रगति भएको छ,’ एनबीएसका आयुक्त निङ जिझेले भने ।

चिनीया प्रधानमन्त्री लि केक्वाङले गत साता चीनको आर्थिक वृद्धिदरमा देखिएको समस्याप्रति सम्बोधन गर्दै चिनियाँ अर्थतन्त्रलाई कुनै पनि परिस्थितिमा कमजोर हुन नदिने बताएका छन ।

विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएका मुलुक चीन र अमेरिकाबीचको व्यापारिक तनाब तीन महिनाका लागि विश्राम दिन र व्यापारमा देखिएका समस्याबारे सार्थक सहमति खोज्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनपिङबीच सहमति भएको थियो ।

दुई नेताबीचको सहमतिसँगै दुई देशीय व्यापार वार्ता सुरु भएका छन् । पहिलो चरणको वार्ता बेइजिङमा सम्पन्न भइसकेको छ भने अर्को साता चिनियाँ उपप्रधानमन्त्रीको नेतृत्वमा एक टोली वासिङटन भ्रमणमा जाँदैछ ।

चीनको पूर्वाधार लगानीमा पनि कमी आएको छ । अघिल्लो वर्ष पूर्वाधारका क्षेत्रमा १९ प्रतिशत रहेको लगानी गत वर्ष सन् २०१८ मा ३ दशमलब ८ प्रतिशतले मात्र वृद्धि भएको छ । चीनको अमेरिकातर्फको निर्यात र विश्वव्यापी व्यापारमा पनि गतवर्ष डिसेम्बरमा कमी आएको छ ।

प्रधानमन्त्री लीले गतसाता चीनको व्यापक बजारका कारण उपभोगमा वृद्धि हुने बताए पनि तथ्याङकमा भने घटेको छ । ‘ऋणको वृद्धिमा आएको मन्दीले आर्थिक वृद्धिमा पनि समस्या निम्त्याएको छ,’ क्यापिटल इकनमिक्सका अर्थशास्त्री मार्क विलियम्सले भने ।

ऋण प्रवाहमा भएका कडाईले गतवर्ष कारको बिक्रीमा कमी आएको थियो । यो गत २० वर्ष यता सबैभन्दा प्रभावित वर्ष थियो । अघिल्लो वर्ष १० दशमलब २ प्रतिशत रहेको खुद्रा बिक्रीमा पनि ९ प्रतिशतले कमी आएको छ । डिसेम्बरमा बिक्रीमा ८ दशमलब २ प्रतिशतको झिनो वृद्धि भएको थियो ।

कारखानाको उत्पादनमा समेत सन् २०१७ मा ६ दशमलब ६ प्रतिशतबाट घट्दै ६ दशमलब २ प्रतिशत कायम भएको थियो ।
विज्ञहरुले चिनियाँ सरकारी निकायले समग्रमा राम्रो विवरण सार्वजनिक गरेको बताएका छन् । चीन र विदेशमा रहेका धेरै अर्थशास्त्रीले चिनियाँ सरकारी विवरणमा तोडमरोड गरिएको आरोप लगाएका छन् ।

अमेरिकास्थित कन्फरेन्स बोर्डले सन् २०१८ मा चीनको आर्थिक वृद्धि ४ दशमलब १ प्रतिशतको हाराहारीमा मात्र रहेको दाबी गरेको छ । तर, चीनको आधिकारिक निकायले सन् २०१७ को आर्थिक वृद्धिदरलाई ६ दशमलब ९ प्रतिशतबाट घटाई ६ दशमलब ८ प्रतिशत कायम गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL