Logo

बैंककमा थप सेवा उपलब्ध गराउँदै कतार एयरवेज, जुन १ देखि दैनिक ५ निरन्तर फ्लाइट

बैंककमा थप सेवा उपलब्ध गराउँदै कतार एयरवेज, जुन १ देखि दैनिक ५ निरन्तर फ्लाइट


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । कतार एयरवेजले दोहा देखि बैंककका लागि जुन १ देखि पाँचौ नन् स्ट फ्लाइट सञ्चालनमा ल्याउने भएको छ । फुकेट लाई दूई दैनिक फ्लाइट र पाँच महिना अगाडी सञ्चालनमा ल्याइएको क्राबी अपरेशन (हप्ताको चार फ्लाइट)ले कतार एयरवेजको थाइल्याण्डबाट दोहाको प्रस्थान संख्या ५३ पुर्याएको छ ।

थाइल्याण्डमा सेवाविस्तार सँगै कतार एयरवेजले टूरिजम अथोरिटी अफ थाइल्याण्डसँग आन्तरिक पर्यटन विस्तारमा तेवा पुर्याउन मेमो¥यान्डम अफ अन्डरस्ट्याण्डिङमा हस्ताक्षर समेत गरेको छ ।

एमओयूमा कतार एयरवेजको चिफ कमर्सियल अफिसर एहबअमिनले कतार एयरवेज गु्रपका प्रमुख कार्यकारी अकबर अलबाकर र टीएटीका ईन्टरनेशनल मोर्कटिङ (यूरोप, अफ्रिका, मडिल इस्ट र अमेरिका) टानस पेट्स्वानका उपगभर्नरको उपस्थितीमा गरेका थिए । दुबएमा आयोजित अरेवियन ट्राभल मार्केटको पहिलो दिनमा हस्ताक्षर गरिएको हो ।

हस्ताक्षर गर्न आयोजित समारोहमा टूरिजम अथोरिटी अफ थाइल्याण्डका गभर्नर युथासाक सुपासोर्न, टूरिजमअथोरिटी अफ थाइल्याण्ड, दुबइ र मिडल इस्ट अफिसर चलेर्मसाक सुरानन्त लगायत संस्थाका अन्य उच्चपदस्त अधिकारीको उपस्थिती रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL