Logo

आफुले जिम्मा लिएका निजी आवासको काम वर्षात् अगाडि नै सक्ने रेडक्रसको दावि

आफुले जिम्मा लिएका निजी आवासको काम वर्षात् अगाडि नै सक्ने रेडक्रसको दावि


रासस
27
Shares

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले आफ्नो जिम्माको भूकम्पबाट क्षति पुगेका निजी आवासको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रेडक्रसलाई ७ हजार ३ सय ९३ निजी आवास निर्माण गर्न अनुमति दिएको थियो । तीमध्ये ३ हजार २ सय ७७ निजी घर निर्माण सम्पन्न भइसकेको रेडक्रसले जनाएको छ ।

विभिन्न देशका रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले भूकम्प अति प्रभावित १४ जिल्लामा भूकम्प प्रतिकार्य कार्यक्रममार्फत निजी आवास, खानेपानी र सरसफाइ, आयआर्जन– जीविकोपार्जन र स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको छ ।

‘वर्षात्को समयअघि नै हामीले जिम्मा लिएका निजी आवास निर्माण कार्य सम्पन्न गर्छाँै,’ रेडक्रसका अध्यक्ष सञ्जीव थापाले बताए । ती आवास निर्माणका लागि सरकारको निर्णयअनुसार १ अर्ब २९ करोड अनुदान सहयोग उपलब्ध गराइसकिएको छ । सुरक्षित आवास निर्माण गर्न करीब ६ हजार भूकम्पपीडितलाई कालिगढ÷सिकर्मी तालीम र करीब ७० हजारलाई चेतनामूलक सन्देश प्रवाह गरिएको पत्रकार सम्मेलनमा बताइएको छ ।

यसैगरी, नौवटा स्वास्थ्य संस्था हस्तान्तरण भइसकेको र बाँकी नौवटाको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार सेवासम्बन्धी अभिमुखीकरणका साथै स्वास्थ्य संस्थालाई आवश्यक उपकरण पनि सहयोग गरेको संयोजक ढकालले बताए

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL