Logo

मध्यपहाडी लोकमार्ग शनिबारदेखि बन्द, यस्तो छ कारण

मध्यपहाडी लोकमार्ग शनिबारदेखि बन्द, यस्तो छ कारण



काठमाडौं । पुष्पलाल मध्यपहाडी लोकमार्ग एक हप्ताका लागि बन्द भएको छ । लोकमार्ग अन्तरगतको लोहोरे–बेस्तडा–मन्घर सडकखण्डको छाँच भिरमा भएको ठाडो कडा चट्टानलाई काट्नुपर्ने र यस क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकाले शनिबारदेखि सडक बन्द गरेको आयोजनाले जानकारी दिएको छ । आयोजनाले सो क्षेत्रमा शनिबारदेखि यही माघ २४ गतेसम्मका लागि सडक बन्द गरी काम सुरु गरेको जानकारी दिएको छ । अन्य ठाउँमा सडक चौडा भइसकेको भए पनि यस क्षेत्रको कडा चट्टानले बाटो चौडा बनाउने काम रोकिएको थियो ।

laxmi

यस क्षेत्रमा पर्ने छाँचको २५० मिटर (भिर) कटान गर्न लागिएको आयोजना कार्यालय दैलेखका प्रमुख इन्जिनियर नारायणप्रसाद न्युउरेले बताए । चट्टान फोडेर दोहोरो लाइन बनाउने भनिए पनि हाललाई एक लाइन मात्रै बनाउने योजना रहेको न्युरेले जानकारी दिएका छन । उनका अनुसार एकै चरणमा यो काम सक्नुपर्ने भएकाले एक हप्ताका लागि सडक बन्द गराएर निर्माण कार्य सुरु गरेको हो ।

आयोजना कार्यालय दैलेखका सूचना अधिकारी तुलाराम शर्माले दिनरात काम गरेर पनि ७ दिन भित्रै काम सम्पन्न गर्ने बताए । लोकमार्ग बन्द हुँदा जाजरकोटका केही स्थान र भगवतीमाई गाउँपालिकाबाट दैलेख तथा सुर्खेत आवतजावतसमेत केही दिन प्रभावित हुने भएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL