Logo

हिमालय एयरलाइन्सको ढाका उडान साउन ६ देखी, हप्तामा ३ दिन उडान

हिमालय एयरलाइन्सको ढाका उडान साउन ६ देखी, हप्तामा ३ दिन उडान



काठमाडौं । हिमालय एयरलाईन्सले काठमाडौं ढाका सिधा उडान गर्ने भएको छ ।

laxmi

कम्पनीले यही साउन ६ गतेदेखी काठमाडौं ढाका उडान भर्ने गरी तयारी भईरहेको जानकारी दिएको हो । कम्पनीले काठमाडौं ढाका उडान न्यारोबडी ए ३२०–२१४ मार्फत गर्ने भएको छ । उक्त न्यारोबडीमा १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लास सिट रहनेछ ।

कम्पनीले हप्तामा ३ दिन सोमबार, बुधबार र शनिबार उडान गर्ने गरी समय तालिका समेत सार्वजनिक गरिसकेको छ । काठमाडौंबाट बिहान साढे ११ बजे उडान गर्ने र स्थानीय समय अनुसार साढे १ बजे ढाकाको हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण हुने छ । त्यस्तै ढाकाबाट २ बजेर १० मिनेटमा उडान गरी ३ बजेर २० मिनेटमा काठमाडौं अवतरण हुने छ ।

कम्पनीले व्यावसायिक तथा पर्यटकिय प्रयोजनका लागि बंगलादेश जाने यात्रुहरुका लागि उक्त समय तालिका सार्वजनिक गरेको जानकारी दिएको छ । कम्पनीले मध्यपूर्वी एशियाका गन्तव्य स्थलहरु दोहा, दुबई÷आबु धावी, दमामको नियमित उडानगर्दै आएकामा अब ढाकाबाट समेत नियमित उडान गर्ने भएको हो ।

नेपालको पर्यटन र व्यवसाय प्रवद्र्धनमा टेवा पुर्याउन तथा भ्रमणबर्ष २०२० लाई लक्षित गर्दै कम्पनीले ढाका उडान विस्तार गरेको हो । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले भने नेपाली सत्कारका साथ मूल्यवान यात्रुहरुलाई निरन्तर उत्कृष्ट सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन ।

कम्पनीले गर्ने उक्त उडानमा प्रिमियम इकनोमी क्लासमा २५ किलो सम्मको ब्यागेज निःशुल्क हुनेछ र इकनोमी क्लासमा भने २० केजी सम्मको मात्रै ब्यागेजका लागि छुट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL