Logo

८ महिनामा विदेशी लगानीका १९४ उद्योग दर्ता, सेवा र पर्यटनमा विदेशीको आकर्षण

८ महिनामा विदेशी लगानीका १९४ उद्योग दर्ता, सेवा र पर्यटनमा विदेशीको आकर्षण


रासस
0
Shares

काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा विदेशी लगानीका १९४ उद्योग दर्ता भएको उद्योग विभागले जानकारी दिएका छन ।

विभागका अनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला ४ र साना १८० उद्योग दर्ता भएका हुन । विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका मझौला र ठूला उद्योग गरी विभागले १९४ उद्योग दर्ता गरेको हो । स्वदेशी लगानीका साना उद्योग भने घरेलु तथा साना उद्योग विकास समिति र घरेलु तथा साना उद्योग विभागले दर्ता गर्दै आएका छन ।

दर्ता भएका उद्योगमध्ये कृषिजन्य ११, ऊर्जामूलक ४, सूचना, प्रसारण तथा सञ्चार प्रविधि १७, उत्पादनमूलक ३९, खनिज १, सेवामूलक ६२ र पर्यटन ६० उद्योग रहेका छन । १० करोड रुपैंया भन्दा सानो लगानीका उद्योगलाई साना उद्योग, १० करोडदेखि २५ करोड रुपैंया लगानीसम्मका मझौला र २५ करोड रुपैंया भन्दा बढी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आएको विभागले १९४ उद्योगबाट ३४ अर्ब ९१ करोड ७ लाख रुपैंया बराबरको लगानी भित्र्याएका छन ।

विभागका सूचना अधिकारी दुर्गाप्रसाद भुसालले देशमा तिनै तहको निर्वाचन सम्पन्न भएर स्थिर सरकार बनेकाले औद्योगिक क्षेत्रमा लगानी बढेको बताएका छन । ‘अघिल्ला वर्षको तुलनामा यो वर्ष उद्योग क्षेत्रमा लगानी बढेको छ‘ ।

विभागमा हालसम्म झण्डै ७ हजार ५ सय उद्योग दर्ता भएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL