Logo

विमानस्थल निर्माणमा एडिबीले हात झिक्यो, विकास बजेटबाट बनाउने तयारी

विमानस्थल निर्माणमा एडिबीले हात झिक्यो, विकास बजेटबाट बनाउने तयारी


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल नेपाल सरकारकै विकास बजेटबाट बनाउने तयारी थालिएको छ । एशियाली विकास बैंकले आगामी दिनमा सहकार्य गर्न नसक्ने भन्दै सम्झौता रद्द गर्ने पत्र पठाएपछी नेपाल सरकार कै विकास बजेटबाट निर्माण गर्ने योजना बनाइएको आयोजना प्रमुख ओम शर्माले जानकारी दिए ।

एडिबीले चिनियाँ ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएशनले अफिस अफ एन्टि करप्सन इन्टिेलिजेन्स (ओइआइ) क्लियरेन्स नगरेको भन्दै सम्झौता तोड्न पत्राचार गरेको हो ।

एडिबीले पठाएको पत्रअनुसार चिनियाँ कम्पनी ब्ल्याक लिष्टबाट नहटेको भन्दै सम्झौता तोडेको देखिएको आयोजना प्रमुख शर्माले जानकारी दिए ।

एडिबीले आर्थिक सहयोग नगरेको अवस्थामा सरकारले नै सो परियोजना अगाडी बढाउन सक्ने दाबी परियोजना प्रमुख ओम शर्माको छ । ‘सरकारले २३ अर्ब रुपैयाँ बराबरको मुआब्जा वितरण गर्न लागेको छ, बाँकी खर्च पनि गर्न सक्छ,’ उनले भने, ‘यसै पनि विकास बजेट खर्च भएको छैन ।’

उनका अनुसार एडिबीले सहयोग नगरेपनि सरकार आफै वा अन्य विकल्प खोजेर अगाडी बढाइनेछ । ‘विकल्प खोज्न सहज त छैन तर खोज्नै जसकिने भने होइन,’ उनले भने । एडिबीले हात झिकेपनि तोकिएको समयभित्र काम सम्पन्न हुने उनको दाबी छ । त्यसो त एडिबीले २ महिनासम्म कार्य प्रगती हेरेर पूर्नविचार गर्ने भनेको छ ।

एडिबिले पत्राचार गरेसँगै अर्थमन्त्रालयका सहसचिव, नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिलगायतले एडिबीका प्रतिनिधिहरुसँग छलफल गरेका थिए । छलफलमा एडिबीले २ महिना कार्य प्रगती हेरेर पूर्नविचार गर्न सकिने बताएको हो ।

एडिबीले विमानस्थल स्तरोन्नतीका लागि ६ अर्ब २२ करोड सहयोग गर्ने सम्झौता भएको थियो । जसमध्ये ६० प्रतिशत लोन र १८ प्रतिशत अनुदान हो । उनका अनुसार हालसम्म १ अर्ब ५० करोड रुपैयाँ सहयोग गरीसकेको छ ।

यसअघि पनि विमानस्थलको काम सन्तोषजनक नभएको भन्दै एडिबीले विमानस्थलका लागि प्रदान गर्दे आएको अनुदान र ऋण दुवैमा रोक लगाउने चेतावनी सहित पत्र पठाएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL