Logo

बच्चाको शिक्षाका लागि १ लाख ३० हजार डलर खर्चिन्छन् हङकङका अविभावक

बच्चाको शिक्षाका लागि १ लाख ३० हजार डलर खर्चिन्छन् हङकङका अविभावक


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । विश्वमा बच्चाको शिक्षाका लागि सबैभन्दा बढी कुन देशका अविभावकले खर्च गर्लान ? धेरै को उत्तर आउन सक्छ अमेरिका, अष्ट्रेलिया । तर विश्वकै उत्कृष्ट १० ओटा विश्वविद्यालय भएको अमेरिकाका जनताले भन्दा हङकङमा जनताले दोब्बर बढी खर्च गर्ने तथ्याङ्क सार्बजनिक भएको छ ।

हालै सार्बजनिक एक तथ्याङ्कले हङकङका नागरिकले आफ्ना बच्चाको शिक्षामा सबैभन्दा बढी पैसा खर्च गर्ने देखाएको हो । हङकङमा बच्चाको शिक्षका लागि अविभावकले १ लाख ३० हजार डलरसम्म खर्च गर्ने गरेका छन् ।

त्यस्तै संयुक्त अरब इमिरेट्स (युएइका) अविभावकले १ लाख र सिंगापुरकाले ७० हजार डलर रकम खर्च गर्ने गरेका छन् ।

विश्वकै उत्कृष्ट १० विश्वविद्यालय भएको अमेरिकाका जनताले आफ्नो बच्चा पढाउनका लागि ५८ हजार डलर खर्च गर्ने गरेका छन् । जुन हङकङको तुलनामा आधा हो । अमेरिका पछि ताइवानमा ५६ हजार डलर खर्च हुने गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL