Logo

अब मोबाइलबाट सिक्नुहोस सवारी चलाउन

अब मोबाइलबाट सिक्नुहोस सवारी चलाउन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दुई पांग्रे वा चार पांग्रे सवारी चलाउन सिक्ने योजनामा हुनुहुन्छ भने मोबाइल एप तपाँईको सहयोगी बन्न सक्छ ।नयाँ बानेश्वोर स्थित एनसि सफ्ट प्राली लिमिटेडले सवारी चलाउन सिकाउने मोबाइल एप निर्माण गरेको छ ।

विभिन्न सफ्टवयर, वेव एप्लिकेशन, मोबाइल एप्लिकेशनमा विशेषज्ञता हासिल गरेको उक्त कम्पनीले ड्राईभिङ सिक्न चाहनेहरुकों लागि एउटा मोबाइल एप्लिकेशनको विकास गरेको हो ।

नेपालको सन्दर्भमा तयार गरिएको उक्त मोबाइल एप्लिकेशनमा सवारीको विभिन्न विधाहरु ट्राफिक संकेत, ऐन नियम, जरिवाना, सवारी संचालन, प्राविधिक जानकारी, दुर्घटना र प्रदुषण सम्बन्धि जानकारीहरु अभ्यास गर्न सकिन्छ ।

साथै ड्राईभिङ लिखित परिक्षाको अभ्यासका लागि लागि मोटर साइकल र गाडीको लागि दुई छुट्टा छुट्टै बिकल्प सहित परिक्षामा सोध्न सकिने सम्भावित बिषयगत र बस्तुगत प्रश्नहरु राखिएको कम्पनीको प्रबन्धक धर्म पौडेलले जानकारी दिए । ‘यस एप्लिकेशनको महत्वपुर्ण पार्ट यसमा राखिएको एनिमेटेड भिडियो हो’ उनले भने, ‘जसमा परिक्षार्थीले ड आकारको ट्रायलमा कसरी सवारी चलाउनु पर्छ, के के कुरामा ध्यान दिनु पर्छ भन्ने कुरा राम्रो सँग सम्झाइएको छ ।’

ड्राईभिङ साथै यस एप्लिकेशनमा अन्य महत्वपुर्ण जानकारीहरु लाइसेन्स लिने तरिका, लाइसेन्स लिने कार्यालयहरु, लाइसेन्स लिने योग्यताको बारेमा लेखिएको कम्पनीले जानकारी दिएको छ । त्यस्तै कसैलाई लाइसेन्स र सवारी संचालन सम्बन्धी केही जानकारी चाहिएमा एप मार्फत सोध्न सकिनेछ ।

एपले ड्राईभिङ सिक्न चाहनेलाई स्मार्ट तरिका बाट सिकाउनुका साथै लिखित ड्राईभिङ परिक्षाको अभ्यासको तयारी गर्न मद्दत गर्ने कम्पनीको प्रबन्धक धर्म बताउँछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL