Logo

क्षमता बिस्तार गर्दै हेटौंडा सिमेन्ट, आगामी आवमा चार गुणाले बढ्ने

क्षमता बिस्तार गर्दै हेटौंडा सिमेन्ट, आगामी आवमा चार गुणाले बढ्ने


रक्षा रेग्मी
0
Shares

काठमाडौं । सरकारी स्वामित्वको हेटौडा सिमेन्टले आफ्नो क्षमता विस्तार गर्ने भएको छ । पुनर्निमाणको कामले गति लिएसँगै कम्पनीले उत्पादन क्षमता समेत विस्ता गर्न लागेको हो ।

कम्पनीले आफ्नो क्षमता बृद्धि गर्दै चालू आर्थिक वर्षमा १ लाख ५० हजार मेट्रिक टन क्लिंकर उत्पादनको लक्ष्य राखेको छ । नियमित विद्युत आपूर्ती र कर्मचारीहरुको लगनशिलता बढेसँगै १० महिनामै १ लाख २३ हजार मेट्रिक टन उत्पादन गर्न सकिएको कम्पनीका सञ्चालक समिति अध्यक्ष रघुरमण न्यौपानेले जानकारी दिए । जसअनुसार यो आवमा ३१ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गरिएको समेत उनले जानकारी दिए ।

कम्पनीले आगामी आर्थिक वर्षमा १ लाख ८० हजार मेट्रिक टन उत्पादनको लक्ष्य लिएको छ । गत आवमा वार्षिक ४५ हजार मेट्रिक टन क्लिङ्कर उत्पादन गरेको सो कम्पनीले आगामी आवमा आफ्नो उत्पादनलाई ४ गुणाले बृद्धि गर्ने लक्ष्य लिएको हो । हेटौडाको लापसुरेमा रहेको सो कम्पनीले पछिल्लो समय दैनिक ६ सय मेट्रिक टनसम्म क्लिंकर उत्पादन गर्दै आएको छ ।
कर्मचारी तथा व्यवस्थापन मिलेकोले कम्पनी नाफामा गएको उनले जानकारी दिए ।

त्यस्तै हेटौंडा सिमेन्ट उद्योगमा सिमेन्टको क्षेत्रमा नेपालकै अब्बल जनशक्ति भएको उनको दाबी छ । सरकारी उद्योग कमजोर हुन्छन् भन्ने मान्यतालाई हटाएर हेटौडा सिमेन्टलाई उदाहरणको लायक बनाउने योजना उनको छ ।

नाफामुखी कम्पनी बनाउन कर्मचारीले पनि सहयोग पुर्याएको कम्पनीका महाप्रबन्धक प्रेमशंकर सिंहले बताए । हेटौडा सिमेन्टको गुणस्तर नेपालका निजी सिमेन्टको भन्दा राम्रो भएको उनको दाबी छ ।
कम्पनीले स्थापनाको ३३ बर्षमा पहिलोपटक आफ्नो क्षमताको शतप्रतिशत उपयोग गरेको छ । कम्पनी बर्षमा ३ सय दिन मात्र सञ्चालनमा आउने सो कम्पनीको बाँकी दिन मर्मत सम्हारमै लाग्ने गरेको बताए ।

हेटौंडा सिमेन्ट उद्योगबाट उत्पादित ‘शक्ति सिमेन्ट’ को मूख्य बजार काठमाडौं हो । त्यसबाहेक स्थानीय बजारमा पनि सिमेन्टको राम्रो माग भएको न्यौपानेले जानकारी दिए । शक्ति सिमेन्टको दैनिक १० देखि १५ ट्रक स्थानीय माग छ । त्यस्तै विस्तारै सिमेन्टको बजार विस्तार गर्ने तर्फ लागेको कम्पनीले बताएको छ । ‘अवको लक्ष्य भनेको बुटवल र पोखरामा बजार बिस्तार गर्ने हो,’ उनले भने ।

कम्पनीका अनुसार उत्पादन र बिक्रीमा गत मंसिर, पुसमा रेकर्ड तोडेको थियो । कम्पनी एशियाली विकास बैंकको आर्थिक सहयोगमा स्थापना भएको हो । कम्पनीको जोगिमारा र भैसेमा चुनढुंगा खानी छ ।

२०४३ सालदेखि व्यवसायी उत्पादन सुरु गरेको उद्योगको घाटा अहिलेसम्म ८३ करोड रुपैयाँ छ । उद्योगले चालू आवमा २३ करोड नाफा गरेर यो वर्ष घाटा ६० करोडमा झार्ने लक्ष्य राखेको छ । त्यस्तै अर्को वर्ष उत्पादन क्षमता विस्तार गरेर  ६०  करोड ऋण तिरी घाटा शून्यमा झार्ने उद्योगमा महाप्रबन्धक सिंहको दाबी छ ।

उनका अनुसार कम्पनीमा उत्पादन वृद्धिसगै सिमेन्टको लागत घटेको छ । आर्थिक बर्ष ०७२/०७३ मा प्रतिबोरा ८ सय रुपैयाँसम्म लागत पुगेकामा अहिले यो वर्ष प्रतिबोरा लागत मूल्य ६ सयमा झरेको महाप्रबन्धक  सिंहले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL