Logo

बिजुली बेच्ने कुलमानको नयाँ ‘फर्मुला’, माग बढ्दा बढी घट्दा कम मुल्य

बिजुली बेच्ने कुलमानको नयाँ ‘फर्मुला’, माग बढ्दा बढी घट्दा कम मुल्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिजुलीको प्रयोग अनुसारको मुल्य तोक्नुपर्ने नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताएका छन् । ‘अहिले २४ घण्टासम्मको बिजुलीको मूल्य एउटै हुँदा प्राधिकरण घाटामा छ,’ काठमाडौंमा जारी लगानी सम्मेलनमा प्रस्तुती दिँदै उनले भने, ‘प्राधिकरणलाई नाफामा लैजान विजुलीको चाप अनुसारको मूल्य निधारण हुनु जरुरी छ ।’

बिजुलीको बढी माग हुने समयमा मूल्य बढी र कम खपत हुने सयममा सोही अनुरुप मूल्य कम गुर्नपर्ने उनको भनाइ थियो । यस्तो गर्न सके हाल प्राधिकरणमा देखिएको घाटा पूर्ति हुने उनले जानकारी दिए ।
अहिले काठमाडौं उपत्यका लगायतका केही स्थानमा लोडसेडिङ मुक्त भएको र केही समयभित्रै देशभर लोडसेडिङ हट्ने उनले जानकारी दिए । सरकारी तथा निजी क्षेत्रबाट धेरै जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको र केही समयभित्रै उद्योग कलकारखानमा समेत लोडसेडिङ नहुने उनको दावी छ ।
अहिले प्राधिकरणले भारतबाट बिजुली आपूर्ति गरेर लोडसेडिङ अन्त्य गरिरहेको जानकारी दिँदै केही समयभित्रै निर्यात गरिने समेत उनको दावी थियो । ‘अहिले नेपालमा माग र आपूर्तिको अन्तर धेरै छ,’ उनले भने, ‘केही समयभित्रै त्यसलाई पूर्ति गर्दै निर्यात थाल्ने छौं ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL