Logo

मोबाइल फाइनान्सिङमा जाँदै नेपाल टेलिकम, फोनबाटै सपिङदेखि डिपोजिटसम्म

मोबाइल फाइनान्सिङमा जाँदै नेपाल टेलिकम, फोनबाटै सपिङदेखि डिपोजिटसम्म


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपालमा पहिलो पटक फोरजी सेवा संचालनमा ल्याएको नेपाल टेलिकमले मोबाइल फाइनान्सिङ सेवालाई पनि कार्यान्वयनमा ल्याउने भएको भएको छ । टेलिकमको सीम प्रयोगगर्ने ग्राहकलाई एकै ठाउँबाट सम्पूर्ण फाइनान्सिङ सुविधा प्रदान गर्ने लक्ष्य अनुरुप मोबाइल फाइनान्सिङमा जान लागिएको टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले बताईन् । ‘मोबाइल फाइनान्सिङ संचालनमा ल्याउने विषयमा आन्तरिक रुपमा छलफल भइरहेको छ,’ उनले भनिन्, ‘सो विषयमा सम्पूर्ण मोडालिटी तयार भैसकेको छैन ।’

बैद्यका अनुसार शुरुमा मोबाइल फाइनान्सिङ सम्बन्धी सवै सुविधा एकै पटक दिने वा सामान्य खालका सेवा मात्र प्रदान गर्ने भन्ने विषयमा अध्ययन तथा छलफल भइरहेको छ । शुरुवाती चरणमा टेलिकमको सेवा प्रयोग गरिरहेका ग्राहकले सपिङ तथा पैसा ट्रान्फर गर्न मिल्ने बनाउन लागिएको हो । जसका लागि टेलिकमले एउटा छुट्टै कोड नम्बर उपलब्ध गराउने छ । तर, टेलिमक सेवाको लागि नेपाल दूरसञ्चार प्राधिकरण र बैंकिङ सेवाका लागि नेपाल राष्ट्र बैंकसँग सहमति लिनु पर्ने भएकाले पैसा राख्न तथा झिक्ने मिल्ने लगायतका बैंकिङ सेवा प्रदानका लागि केही समय लाग्ने उनको तर्क छ ।

बैंकिङ सुविधा प्रदानका लागि अनुमति दिने निकाय नेपाल राष्ट्र बैंकले पनि नेपाल टेलिकमले फाइनान्सिङ सुविधा दिन खोजेको खण्डमा सो सम्बन्धी लाइसेन्स दिन सकिने बताएको छ । राष्ट्र बैंकको नियम अनुसार नेपाल टेलिकमले लाइसेन्स लिएर आफ्ना ग्राहकलाई फाइनान्सिङ सुविधा प्रदान गर्न सक्ने राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए । ‘टेलिकमले सोझै लाइसेन्स लिएर पनि फाइनान्सिङ सुविधा प्रदान गर्न सक्नेछ,’ उनले भने, ‘सहजताका लागि सब्सिडियारी कम्पनी पनि खोल्ने सक्ने प्रावधान छ ।’

सब्सिडियारी कम्पनी खोल्दै

टेलिकमले मोबाइल फाइनान्सिङ संचालनमा ल्याउनका लागि सब्सिडियारी कम्पनी खोल्ने योजना अघि सारेको छ । नेपाल टेलिकमबाटै फाइनान्सिङ सुविधा दिनका लागि कानुनी कठिनाई हुने भएकाले सब्सिडियारी कम्पनी खोल्ने प्रक्रिया अघि बढाउन लागिएको बैद्यले जानकारी दिइन । ‘नेपाल दूरसंचार प्राधिकरण तथा नेपाल राष्ट्र बैंकको नियम अनुसार टेलिकमबाटै तत्काल बैंकिङ सुविधा दिन केही कानुनी कठिनाई छ,’ उनले भनिन्, ‘त्यसलाई सहजता दिनका लागि मोबाइल फाइनान्सिङका लागि टेलिकम मातहत छुट्टै कम्पनी खोल्ने योजना समेत बनाएको छौं ।’

के–के हुन्छ मोवाइल फाइनान्सिङमा ?

टेलिकमले आफ्ना सेवा ग्राहीलाई सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्ने लक्ष्य अनुरुप मोबाइल फाइनान्सिङ संचालनमा ल्याउन लागेको हो । आफ्ना सेवाग्राहीले मोबाइलबाटै सपिङ गर्न मिल्ने, पैसा डिपोजिट तथा झिक्न मिल्ने, अन्य खातामा पैसा ट्रान्सफर गर्न मिल्ने जस्ता सुविधा प्रदान गर्ने छ । जसले गर्दा सपिङका लागि क्रेडिटकार्ड तथा पैसा लिएर हिड्नुपर्ने झण्झट समेत हट्नेछ । उक्त सुविधा संचालनमा आएसँगै रेमिट कम्पनीले दिने सुविधा टेलिकमबाटै लिन सकिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL