Logo

गौतमबुद्ध विमानस्थलको २५ प्रतिशत काम सकियो, ३ हजार मिटर अर्वन रनवे तयार

गौतमबुद्ध विमानस्थलको २५ प्रतिशत काम सकियो, ३ हजार मिटर अर्वन रनवे तयार


रक्षा रेग्मी
0
Shares

काठमाडौं । भैरहवामा निर्माणधिन गौतमबुद्ध विमानस्थलको २५ प्रतिशत काम सकिएको छ । हाल रनवेको काम भइरहेको विमानस्थलका परियोजना प्रमुख ओम शर्माले जानकारी दिए । अहिलेसम्म विमानस्थलको ३ हजार मिटर रनवे निर्माण भइसकेको छ ।

उनका अनुसार विमानस्थलको अर्वन रनवे तयार भएको हो । रनवेमा आपतकालीन अवस्थामा अहिले नै विमान अवतरण गर्न सकिनेछ । रनवेको महत्वपूर्ण विषय सबग्रेड लेबल’ तयार भइसकेको हो । अब प्रि सव बेस, सवबेस र बेस हुँदै पिच गरिने उनले जानकारी दिए । रनवे तीन हजार मिटर लामो र ७० मिटर चौडा हुनेछ ।

हवाई सुरक्षाका लागि रनवेको दुवैतर्फ ३/३ सय मिटर लामो सेफ्टी एरिया बनाइएको छ । बर्षाले काममा अवरोध गरेकाले दशैं अघिसम्म सुस्त गतिमा काम भएपनि हाल विमानस्थलको काम तिव्र रुपमा अघि बढेको उनले जानकारी दिए । तिहारलगत्तै कामले अझै तीव्रता पाउने बताइएको छ । रनवेको बीचमा पर्ने घाँघरा नदीलाई पश्चिमतर्फबाट साढे दुई किलोमिटर घुमाएर डाइभर्सन गरिएको छ ।

त्यसैगरी हाल अन्तरराष्ट्रिय टर्मिनल भवन निर्माण कार्य जारी छ । टर्मिनल भवनको बेसमेन्टको काम सकिएको शर्माले जानकारी दिए । यो विमानस्थल सन् २०१७ को अन्तिममा सम्पन्न गर्ने लक्ष्य भएपनि भूकम्प र तराई आन्दोलनले काम रोकिँदा ६ महिना ढिलो हुने शर्माले बताए । सन् २०१८ को मध्यतिर विमानस्थल सञ्चालनमा आउने उनको भनाइ छ । विमानस्थलको स्तरोन्नती गत माघदेखि शुरु गरिएको हो ।

सो विमानस्थल निर्माणका लागि करीव ८ अर्व ५५ करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । एशियाली बिकाश बैंकको आर्थिक सहयोगमा चिनिँया कम्पनी नर्थ वेष्ट सिभिल एभियसन एयरपोर्ट कंस्ट्रक्सनले विमानस्थल निर्माण गरिहेको छ । विमानस्थलमा ६ ओटा अन्तरराष्ट्रिय र ४ओटा आन्तरिक उडानका जहाज पार्क गर्न सकिने सुविधा हुनेछ । त्यस्तै विमानस्थलमा ६ वटा अन्तरराष्ट्रिय उडान भर्ने जहाज र ४ वटा आन्तरिक उडान भर्ने जहाज पार्किङ गर्न मिल्ने छ ।

सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) को वैकल्पिक विमानस्थलको रुपमा सो विमानस्थल निर्माण गर्न लागेको हो । सञ्चालनमा आएसँगै गौतम बुद्ध विमानस्थलमा अहिले टीआईएमा अवतरण गरिरहेका सबै जहाज अवतरण गर्न सक्ने बताइएको छ । गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएपछि टिआईएबाट हाल अवतरण भइरहेकामध्ये १० प्रतिशत जहाज अवतरण गर्ने अनुमान गरिएको छ ।

त्यसैगरी जिल्लाबाट वैदेशिक रोजगारीमा जानका लागि काठमाडौंसम्म धाउनुपर्ने बाध्यता हट्ने विश्वास छ । लुम्बिनी भ्रमण गर्न आउन चाहने पर्यटकपनि सिधै जान सक्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL