Logo

सेजमा आवेदन दिने उद्योगी सम्झौता गर्न आएनन्, ७ दिनको समय थपिँदै

सेजमा आवेदन दिने उद्योगी सम्झौता गर्न आएनन्, ७ दिनको समय थपिँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापनाका लागि आवेदन दिने उद्योगीहरु सम्झौता लागि भने आएका छैनन् । सेजले उद्योग स्थापनाका लागि आवश्यक कागजात माग गरेपनि उनीहरुले हालसम्म पेश नगरेको सेजका कार्यकारी दिर्नेशक डा. चण्डीका भट्टले जानकारी दिएका छन् । ‘सेजमा उद्योग राख्न आवेदन दिनेहरुको आवश्यक विवरण माग गरिरहेका छौं,’ उनले भने, ‘तर उद्योगीहरुले काजगपत्र नै पेश गरेका छैनन् ।’

भट्टका अनुसार आवेदन दिने उद्योगीहरु मध्ये ८ वटाले सम्झौताका लागि आवश्यक कागजात बुझाएका छैनन् । सम्झौताका लागि नआएका उद्योगीहरुका लागि सुचना प्रकाशित गरेर ७ दिनको म्याद थप गर्न लागिएको छ । सो अवधिमा पनि कागजात पेश गरेर सम्झौता गर्न नआएमा उनीहरुको आवेदन नै रद्द गरी नयाँ माग गरिने भट्टको भनाइ छ ।

सेजमा उद्योग स्थापनमा लागि २३ वटा उद्योगले आवेदन दिएका थिए । जसमध्ये ११ वटाले उद्योग स्थापनाका लागि सम्झौता गरेर प्रक्रिया अघि बढाइसकेका छन् । ४ वटा उद्योगले गुट्खा (सुर्तीजन्य पदार्थ) उद्योग स्थापना गर्न आवेदन दिएकाले उनीहरुलाई सहमति दिने वा नदिने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

कुल ५२ विघा क्षेत्रफल रहेकोमा सो सेजमा ६९ वटा प्लटमा उद्योग संचालनका लागि अत्याधुनिक सुविधायुक्त भवन तथा अन्य पूर्वाधार निर्माण गरिएको छ । बाँकी रहेका रहेका प्लटहरुमा उद्योग स्थापनाको लागि पुनः आवेदन माग गरिने सेजले जानकारी दिएको छ । ‘हाल सम्झौता गर्न नआएका उद्योगका लागि ७ दिनको समय दिएर सुचना निकाल्ने छौैं,’ उनले भने, ‘त्यस लगत्तै अन्य स्थानको लागि आवेदन माग गरिने छ ।

सरकारले देशभित्र निर्यातमूखी उद्योग सञ्चालनका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय लगानी भित्रयाउने उद्देश्य अनुरुप सेजको अवधारण ल्याएको थियो । उक्त सेजमा खाद्य उद्योग तथा कृषिजन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका वस्तु, तयारी पोशाक, गलैचा तथा ऊनी सामान, पश्मिना तथा रेशम, हाते कागज, धातु उद्योग, खेलकुद, गहना तथा बहुमुल्य पत्थर, प्लास्टिक समानको उत्पादन गर्ने उद्योगलाई विशेष प्राथमिकता दिइने उल्लेख छ ।

हाल स्टिल, पीभीसी म्याट, दाना, फुट वेयर, एग्रीकल्चर, हर्वलजस्ता उद्योगले सो स्थानमा प्लाण्ट राख्नका लागि सम्झौता गरेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL