Logo

कोरोना संक्रमण : विश्वभर मृतकको संख्या ६४ हजार नाघ्यो, १२ लाख संक्रमित (अपडेट)

कोरोना संक्रमण : विश्वभर मृतकको संख्या ६४ हजार नाघ्यो, १२ लाख संक्रमित (अपडेट)



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या झन् बढेको छ । संक्रमणबाट विश्वभर ६४ हजार बढीको मृत्यु भएको छ ।

laxmi

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म ६४ हजार ६ सय ६८ को मृत्यु भइसकेको छ । संक्रमितको संख्या १२ लाख १ हजारभन्दा बढी पुग्दा २ लाख ४६ हजारभन्दा बढी निको भएका छन् ।

पछिल्ला दिनमा कोभिड(१९ को इपीसेन्टर बनेको अमेरिकामा शनिबारमात्रै १ हजार ४० को मृत्यु भएको हो । बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट ८ हजार ४ सय ४४ को मृत्यु भएको छ भने ३ लाख १० हजारभन्दा बढी संक्रमित भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा ७४९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ११ हजार ९४७ पुगेको छ । स्पेनमा एकैदिन ६ हजार ९६९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख २६ हजार १६८ पुगेको छ । स्पेनमा संक्रमितमध्ये ३४ हजार २१९ जना उपचारपछि निको भएका छन् ।

इटालीमा १ लाख २४ हजार ६३२ कुल सङ्क्रमित भएका छन् भने १५ हजार ३६२ को मृत्यु भएको छ । यसैबीच २० हजार ९९६ निको भएर फर्किएका छन् । फ्रान्समा ८९ हजार ९५३ कुल सङ्क्रमित भएका छन् भने ७ हजार ५६० को मृत्यु भएको छ । यसैबीच १५ हजार ४३८ निको भएर फर्किएका छन् ।

बेलायतमा अहिलेसम्म ४१ हजार ९०३ कुल सङ्क्रमित भएका छन् भने ४ हजार ३१३ को मृत्यु भएको छ । इरानमा ५५ हजार ७४३ कुल सङ्क्रमित भएका छन् भने ३ हजार ४५२ को मृत्यु भएको छ । यसैबीच १९ हजार ७३६ निको भएर फर्किएका छन् ।

चीनमा अहिलेसम्म ८१ हजार ६३९ कुल सङ्क्रमित भएका छन् भने ३ हजार ३२६ को मृत्यु भएको छ । यसैबीच ७६ हजार ७५५ निको भएर फर्किएका छन् । नेदरल्याण्डसमा अहिलेसम्म १६ हजार ६२७ जना संक्रमित भएका छन् भने एक हजार ६५१ जनाको मृत्यु भएको छ ।

त्यसैगरी जर्मनीमा ९६ हजार ९२ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ४४४ को मृत्यु भएको छ । यसैबीच २६ हजार ४०० निको भएर फर्किएका छन् । बेल्जियममा १८ हजार ४३१ कुल सङ्क्रमित भएका छन् भने, एक हजार २८३ को मृत्यु भएको छ । यसैबीच ३ हजार २४७ निको भएर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL