Logo

अर्थमन्त्रीको उद्घोष, अस्पताल र सरकारी कर्मचारीलाई स्वदेशी कपडा अनिवार्य

अर्थमन्त्रीको उद्घोष, अस्पताल र सरकारी कर्मचारीलाई स्वदेशी कपडा अनिवार्य



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी तथा अस्पतालका कर्मचारीले अनिवार्य रुपमा स्वदेशी कपडा लगानुपर्ने नियम ल्याउन लागेको बताए । उनले यार्न एण्ड टेक्सटाइल एक्सपो– २०१९ को उद्धघाटन गर्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नकै लागि सरकारले सार्वजनिक खरिद ऐनमा संशोधन गरेर बाध्यकारी व्यवस्था गरिने बताए ।

सरकारले पटक पटक सुरक्षाकर्मी तथा निजामति कर्मचारीलाई स्वदेशी कपडा अनिवार्य गर्ने बताउँदै आएको थियो । तर अबका दिनमा सार्वजनिक खरिद ऐनमार्फत नै उक्त व्यवस्था गर्न लागिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

खतिवडाले अस्पताल, सुरक्षाकर्मी, निजामति कर्मचारीलगायतले लगाउने पोशाकको लागि स्वदेशी कपडा अनिवार्य गरिने बताए । ‘अहिले विदेशीभन्दा स्वदेशी कपडा १५ प्रतिशत महङ्गो भएपछि तोकिएका क्षेत्रमा अनिवार्य लगाउनुपर्ने व्यवस्था गर्नेछौं,’ उनले भने, ‘जसले गर्दा स्वदेशी कपडा उद्योगलाई थप सहयोग पुग्नेछ ।’ तर उद्योगहरु अबका दिनमा प्रतिश्पर्धामा जानुपर्ने उनको तर्क थियो ।

साथै देशबाट सबैभन्दा बढी धागो निर्यात भएको भन्दै अबका दिनमा स्वदेशी कपडालाई पनि प्रोत्साहन गर्नुपर्ने उनको तर्क थियो ।

अहिले मुलुकबाट सबैभन्दा बढी निर्यात धागो भएको भन्दै धागोमा आत्मनिर्भर भएको बताए । साथै सरकारले बजेटमार्फत दर्जनभन्दा बढि बस्तुमा आत्मनिर्भर हुने घोषणा गरेको जानकारी दिँदै स्वदेशी कपडालाई पनि प्रोत्साहन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL