Logo

निगमलाई बोईङ जहाज बिक्री गर्नै सकस, मूल्याङ्कन प्रतिवेदन पछि मात्रै तेस्रो पटक टेण्डर आह्वान गरिने

निगमलाई बोईङ जहाज बिक्री गर्नै सकस, मूल्याङ्कन प्रतिवेदन पछि मात्रै तेस्रो पटक टेण्डर आह्वान गरिने



काठमाडौं । नेपाल वायुसेवा निगमले दोस्रो पटक आह्वान गरेको टेण्डरमा समेत बोईङ ७५७ जहाज बिक्री गर्न नसके पछि पुनः टेण्डर गर्ने भएको छ । निगमले आफ्नो बोईङ ७५७, ९ एन जहाज बिक्रीका लागि लिलामीमा राखेपनि आवेदन नपर्दा बिक्रीमा कठिनाई भएको हो ।

निगमले बिक्री गर्नका लागि यही असार ११ गते ४५ दिनको समय सिमा राखेर टेण्डर आह्वान गरेको थियो । तर सो समयमा कुनै आवेदन नपरे पछि पुनः १५ दिनको समय राखेर आवेदन माग गरेको थियो । तर, थप गरेको समयमा समेत कुनै आवेदन नपरेको निगमले जानकारी दिएको छ ।

निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार समय सकिए पछि केही आवेदन परेको तर प्रकृया नपुगेकाले अबका दिनमा मूल्याङ्कनको प्रतिवेदन आए पछि मात्रै टेण्डर आह्वान गरिने भएको छ । तेस्रो पटकको टेण्डर भने मूल्याङ्कनको प्रतिवेदन अनुसार नेगोशेसनमार्फत जाने तयारी गरेको निगमले जानकारी दिएको छ ।

उक्त जहाज बिक्रीका लागि यस अघिनै मूल्याङ्कन भए पनि पुनः मूल्याङ्कन गरि नेगोशेसनमार्फत जहाज बिक्री गर्ने निगमको तयारी रहेको छ । जहाज बिक्री गर्ने व्यस्थापनको प्रस्तावलाई निगम सञ्चालक समितिले स्वीकृति गरी यस अघिनै ७६ करोड रुपैयाँको मूल्याङकन समेत गरेको थियो । तर वाईडबडी काण्डले चर्चा पाएसँगै निगम उक्त जहाज बिक्री गर्नबाट पछि हटेको थियो ।

विगत लामो समय देखी ग्राउण्डेड रहेको उक्त जहाज मर्मत गरि संचालन गर्दा आर्थिक रुपमा धेरै भार पर्ने देखिए पछि जहाज बिक्री गर्ने निगमको उद्देश्य भए पनि कुनै आवेदन नपरे पछि निगमले जहाज बिक्री गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL