Logo

लगानी विस्तार गर्दै देउराली जनता, निर्यात गर्ने औषधि उद्योगलाई प्रोत्साहन दिइने अर्थमन्त्रीको भनाइ

लगानी विस्तार गर्दै देउराली जनता, निर्यात गर्ने औषधि उद्योगलाई प्रोत्साहन दिइने अर्थमन्त्रीको भनाइ


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१६ माघ, काठमाडौं । देउराली जनता फर्मास्युटिकल्सले थप लगानी विस्तार गर्ने भएको छ । कम्पनीको रजत जयन्तीको अवसरमा कम्पनीमा ५० करोड रुपैयाँ थप लगानी गरिने कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले बताए । ‘हामीले आषधि उद्योगलाई अझ शसक्त रुपमा अघि बढाउनका लागि लगानी थप गर्न लागेका हौं,’ कम्पनीमा आयोजित २४ औं वार्षिक उत्सव कार्यक्रममा उनले भने, ‘आगामी दिनमा नेपाली औषधिलाई नेपालमा मात्र सिमित नराखी निर्यात गर्ने सोच बनाएका छौं ।’ हाल कम्पनीमा स्थिर पूँजी र चालू पूँजी गरी कुल १ अर्व १ करोड ८५ लाख रुपैयाँ लगानी रहेको छ ।

आगामी दिनमा सरकारले देशमा विज्ञान र प्राविधिक जनशक्ति प्रयोग हुने उद्योगलाई प्रोत्साहन दिनुपर्ने उनको माग थियो । ‘सरकाले गलैचा, ह्याण्डीक्राफ्ट, गार्मेन्टजस्ता उद्योगलाई प्रोत्साह दिँदै आएको छ,’ उनले भने, ‘यदि देशलाई आर्थिक उन्नतितर्फ लैजाने हो भने औषधि, टेक्नोलोजीजस्ता प्रविधिको प्रयोग हुने उद्योगलाई प्राथमिकता दिनुपर्छ ।’ साथै, सो उद्योगबाट उत्पादित औषधि दैनिक १ लाख २० हजार विरामीले उपायोग गरिरहेको समेत उनले जानकारी दिए ।

daurali-janta

कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महतले नेपालको औषधिको बजारलाई अन्तरराष्ट्रिय बजारमा समेत विस्तार गर्नुपर्ने बताए । ‘नेपालमा मात्र बजारिकरण गर्दा यसको बजारहिस्सा एकदमै कम हुन्छ,’ उनले भने, ‘यदि यसलाई अन्तरराष्ट्रिय बजारमा पनि लैजाने हो भने जति औषधि उत्पादन गरेपनि खपत हुन्छ ।’ औषधि निर्यात गर्न चाहने उद्योगीहरुलाई सरकारले प्रोत्साहन गर्ने उनको भनाइ थियो ।

पछिल्लो समय जलविद्युत्, पर्यटन, कृषिजस्ता क्षेत्रमा विदेशी लगानी भित्रिरहेको बताउँदै यसलाई सक्दो उपयोग गर्नुपर्ने उनको भनाइ थियो । हाल जलविद्युत्मा मात्र ७ खर्व रुपैयाँ भन्दाबढीको लगानीको प्रतिवद्धता भइसकेको बताउँदै देशमा ठूलो होटल खुल्ने क्रम पनि बढेको उनको भनाइ थियो । पर्यटनलाई आकर्षित गर्न भैरहवा, पोखरा र निजगढमा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थल बन्न लागेको उनले जानकारी दिए । तर, विभिन्न खालको राजनीति द्वन्द्वले वैदेशिक लगानी भाग्न सक्ने उनको तर्क थियो ।

deutali najta-tamsharan-mahat

सरकारले ६ प्रतिशत ब्याजदरमा कृषि कर्जा उपलब्ध गराएको जानकारी दिँदै युवाहरु कृषि तर्फ आकर्षित हुनुपर्ने उनको भनाइ थियो । ‘अहिले उर्जाशील युवाहरु सामान्य पैसा कमाउनका लागि वैदेशिक रोजगारीमा गइरहेका छन्,’ उनले भने, ‘यदि कृषिमा लाग्ने हो भने ती युवाले नेपालमै विदेशमा भन्दा बढी आम्दानी गर्न सक्नेछन् ।’

औषधि ब्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले औषधिमा कालाबजारी भएको बताउँदै आगामी दिनमा यसलाई रोक्नुपर्ने बताए । ‘अहिले औषधिमा व्यवसायीहरुले ४० प्रतिशतभन्दा बढी कमिशन खाइरहेका छन्,’ उनले भने, ‘यसलाई निरुत्साहित नगरेसम्म जनताले सर्वसुलभ तरिकाबाट औषधि पाउनबाट बञ्चित हुनेछन् ।’ बजारमा २० प्रतिशतभन्दा बढी नाफा खानेलाई कालोबजारी ऐन अन्तरगत कारवाही गर्नुपर्ने उनको भनाइ थियो ।

हाल देउराली जनताले विभिन्न खाले रोगका २ सय १० थरीको औधधि उत्पादन गर्दै आएको छ । कम्पनीले १ सिफ्टमा १० लाख लिटर झोल, १० वटा ट्याब्लेट, ७ करोड २० लाख क्याप्सुल, ३ लाख किलोग्राम फाउडर र १ करोड ट्युव मल्हम उत्पादन गर्दै आएको छ । उक्त उत्पादन कम्पनीको कुल क्षमताको ६० प्रतिशत मात्र रहेको कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL