Logo

कोरियन भाषाको परिक्षा फारम चैत दोस्रो साता, यसरी भर्न सकिन्छ फारम

कोरियन भाषाको परिक्षा फारम चैत दोस्रो साता, यसरी भर्न सकिन्छ फारम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि जानु अघि लिइने इपीएस परिक्षाको फारम चैत दोस्रो सातादेखि खुला हुने भएको छ । आगामी जेठ २७ र २८ गते का लागि निर्धारण गरिएको परिक्षाको लागि चैत ९ गतेदेखि १८ गतेसम्मका आवेदन बुझाउन सकिने इपीएस कोरिया शाखाले जनाएको छ । कोरियाले यसपटक नेपालबाट कृषि तथा पुशपालनतर्फ ६ हजार दुई सय र उत्पादनतर्फ चार हजार व्यक्तिका लागि कोटा निर्धारण गरेको छ ।

eps
इपीएस शाखाका अनुसार १८ बर्ष पुरा भइ ३९ बर्ष ननाघेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियाबाट गैह्र कानुनी क्रियाकलाप गरेको आधारमा फिर्ता नपठाइएको र नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको व्यक्ति आवेदन दिनका लागि योग्य हुनेछ । आवेदन फारम https://eoers.epsnepal.gov.np मा गइ भर्न सकिनेछ ।

आवेदनका लागि आवेदकले राहदानीको फोटो भएको पेज(बायो पेज)को रङ्गिन स्क्यान गरेको जेपीजी इमेज फाइल(६ सय पिक्सेल चौडाइ) भएको र बढीमा एक सय केबीको तस्वीर अपलोड गर्नुपर्नेछ । आवेदकले आवेदन फारम भर्दा अनिवार्य आफ्नो इमेल र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । आवेदन फारम भर्दा पछिल्लो तीन महिनायता खिचेको एक सय तीन सय पिक्सेल चौडाइ भएको बढीमा १५ केबीको जेपीजी फाइलको तस्वीर अपलोड गर्नुपर्नेछ ।

परिक्षा शुल्क २४ अमेरिकी डलर तोकिएको छ । तोकिएको यो रकमलाई ग्लोबल आइएमइ बैङ्कको देशभर रहेका शाखा काउण्टरबाट बुझाउन सकिनेछ । परिक्षास्थल भने आगामी जेठ १९ गते विभिन्न पधिका तथा www.epsnepal.gov.np मा प्रकाशित हुने शाखाले जनाएको छ । भाषा परिक्षाको नतिजा असार १६ गते प्रकाशन हुने कार्यालयले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL