Logo

१६औं इन्टरनेशनल आन्टरप्रेनरसिप फोरम सम्मेलन बिहीबारदेखि, मेडेपबाट छानिएका १० बस्तु प्रदर्शन गरिने

१६औं इन्टरनेशनल आन्टरप्रेनरसिप फोरम सम्मेलन बिहीबारदेखि, मेडेपबाट छानिएका १० बस्तु प्रदर्शन गरिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । किंग्स कलेजले १६औं इन्टरनेशनल आन्टरप्रेनरसिप फोरम (आइएफ) सम्मेलनकोे आयोजना गर्ने भएको छ । सम्मेलन भदौ २९ देखि काठमाडौंमा तिन दिनसम्म संचालन हुने छ ।

कलेजले बेलायतस्थित इसेक्स विजनेश स्कुलसँग सहकार्य गरेको जानकारी  दिएको छ ।

हरेक वर्ष विश्वका विभिन्न राष्ट्रमा आयोजना हुने यस आइएफ सम्मेलनको यस वर्षको थिम दिगो उद्यमशिलता तथा आर्थिक विकास रहेको छ ।
सन् २००१ मा इटालिको नेपल्स्बाट सुरु भएको यस सम्मेलनको आयोजना हालसम्म चिन, भारत, दक्षिण अफ्रिका, कोलम्बिया, टर्कि, बहराइन, इटाली, लुथिनिया तथा लाट्भीयाले भइसेकेको छ । यस वर्ष नेपालमा सो कार्यक्रम पहिलोपटक आयोजना हुन लागेको हो ।

सम्मेलनअन्तर्गत प्लिनरी तथा प्यानल सेसन, शैक्षिक, नीतिगत तथा अभ्यासजन्य प्रस्तुती तथा छलफलहरु, नेटवर्किङ्ग, समाजिक अन्तरक्रिया तथा उत्कृष्ट प्रस्तुतीहरुलाई पुरष्कार लगायतको कार्यक्रमहरु समावेश गरिनेछ ।

यसका अलावा, सम्मेलनमा १३ वटा स्टलहरु पनि राखिनेछ जसमा मेडेप परियोजनाअन्तर्गत छानिएका १० उत्कृष्ट बस्तुहरुको प्रदर्शनी गरिने किंग्स कलेजले जनाएको छ । साथसाथै, पाँचवटा सफल उधमशिलताको यात्रा सम्बन्धि भिडियो पनि देखाइनेछ जसमा उत्कृष्ट चयन हुने एक भिडियोलाई रु ५० हजार रुपैँया राशिको पुरष्कारले सम्मान गरिनेछ ।

कार्यक्रममा शिक्षक तथा विद्यार्थी,  विज्ञ, अनुसन्धानकर्ता, ब्यापारी तथा ब्यवसायि तथा विकास संस्थाहरुको प्रतिनीधिहरु गरी ६०० जनाभन्दा बढी सहभागी हुने अपेक्षा गरीएको छ ।

सम्मेलनमा सहभागी हुन नेपाली नागरीकका लागि ६६५० रुपैँया तथा न्यून आय भएका मुलुकहरुको नागरीकका लागि १३४०० रुपैँया दर्ता शूल्क तोकिएको छ ।  नेपाली तथा विदेशी पूर्णकालीन विद्यार्थीका लागि सो शूल्क ५३०० रुपैँया तथा बेलायती नागरिका लागि रु २६८०० तोकिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL