Logo

बिद्यालय क्षेत्र विकासको लागि फिनल्याण्ड सरकारको २० मिलियन यूरो सहयोग

बिद्यालय क्षेत्र विकासको लागि फिनल्याण्ड सरकारको २० मिलियन यूरो सहयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । फिनल्याण्ड सरकारले विद्यायलय क्षेत्र विकासको लागि नेपाल सरकारलाई २० मिलियन यूरो सहयोग गरेको छ । अर्थ मन्त्रायलको भएको एक कार्यक्रमबीच उक्त सहयोग लिन सम्बन्धमा हस्ताक्षर भएको हो ।

सो अनुदान लिने सम्झौता पत्रमा अर्थ मन्त्रालयका बैदेशिक सहायता महाशाखा प्रमुख बैकुण्ठ अर्याल र नेपालका लागि फिनल्याण्डका राजदूत जोर्मा सुभाण्टोले हस्ताक्षर गरेका हुन् ।

फिनल्याण्ड सरकारले नेपालमा २०२२ भित्र नेपालको माध्यामिक क्षेत्र सुधारका लागि पनि निरन्तरता दिने भएको छ । जसले नेपालको माध्यामिक तहसम्मको शिक्षाको गुणस्तरमा सुधार, शिक्षामा सबैको पहुँच पुर्याउनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL