Logo

राजस्व छली गर्ने २४ फर्मविरुद्ध मुद्दा दायर, पौने २ अर्ब विगो दावी, रेमिट कम्पनी नै हुण्डी कारोबारमा

राजस्व छली गर्ने २४ फर्मविरुद्ध मुद्दा दायर, पौने २ अर्ब विगो दावी, रेमिट कम्पनी नै हुण्डी कारोबारमा



काठमाडौं । राजस्व अनुसन्धन विभागले नक्कली विल बिजक जारी गरी राजस्व छली गर्ने बिभिन्न फर्म विरुद्ध मुद्दा दायर गरेको छ ।

laxmi

विभागले झुटा तथा नक्कली विल बिजक जारी गरी राजस्व छली गर्ने विभिन्न २४ वटा कम्पनी विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले झुटा तथा नक्कली विल बिजक जारी गरी राजस्व छली गर्ने मुख्य व्यक्ति जयकिशोर साह र परमेश्वर साहलाई पक्राउ गरी उनीहरुसहित विभिन्न २४ वटा फर्मका संचालक विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको जानकारी दिएको छ ।

साहले निम्नस्तरका मजदूरलाई आर्थिक प्रलोभनमा पारी उनीहरुको नाममा फर्म दर्ता तथा बैंक खाता खोली ती मजदूरमार्फत नक्कली विल बिजक जारी गरी राजस्व छली गरेको विभागले जानकारी दिएको छ ।

मूल्य अभिवृद्धि करको झुटो तथा नक्कली विल बिजक जारी गरी राजस्व चुहाव गर्ने परमेश्वर साहलाई विभागले माघ १० गते र जयकिशोर शाहलाई विभागले १० गते पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा उनीहरुले नक्कली विल बिजक बनाई राजस्व छली गरेको प्रमाणित भएकाले उनीहरु विरुद्ध १ अर्ब ७५ करोड विगो सहित मुद्दा दायर गरेको विभागले जानकारी दिएको छ ।

यसैगरी विभागले अबैध रुपमा सुनचाँदी खरिद गर्ने ३ वटा ज्वेलर्स विरुद्ध पनि मुद्दा दायर गरेको छ । विभागले उनीहरु विरुद्ध १ करोड ४२ लाख बिगो दावी सहित मुद्दा दायर गरेको हो ।

यस्तै विभागले विदेशी मुद्रा अपचलन तथा हुण्डी कारोबारमा संलग्न रिलायन्स सब रेमिट प्रालि विरुद्ध पनि मुद्दा दायर गरेको छ । रिलायन्स रेमिटका संचालक गोबिन्द सुब्बा र इन्द्रनारायण लिम्बु विरुद्ध विभागले ३ करोड ६६ लाख विगो सहित मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL