Logo

प्रदेश १ सरकारले ल्यायो ४० अर्ब ८९ करोडको बजेट, नेपाल सरकारसँग ५ अर्ब ऋण लिने

प्रदेश १ सरकारले ल्यायो ४० अर्ब ८९ करोडको बजेट, नेपाल सरकारसँग ५ अर्ब ऋण लिने



काठमाडौं । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७ ७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ ।

laxmi

आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको वार्षिक आय व्यय विवरणमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात ४६ दशमलवव २९ प्रतिशत विनियोजन गरिएको छ ।

त्यस्तै पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात ५३ दशमलव ७१ प्रतिशत, वित्तीय व्यवस्थातर्फ ४ करोड रुपैयाँ र अन्तर सरकारी वित्त हस्तान्तरणका लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ ।

बजेटको स्रोतमा आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँटबाट १० अर्ब ३ करोड ५४ लाख र अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख व्यहोर्ने गरी बजेट ल्याईएको छ । त्यस्तै चालु आर्थिक वर्षको मौज्दात ६ अर्ब र नेपाल सरकारसँग ५ अर्ब ऋण लिने पनि बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL