Logo

नेपाली साना उद्योगमा जिम्वावेको चासो, लगानी गरेर फादना लिन मन्त्री जोशीको आग्रह

नेपाली साना उद्योगमा जिम्वावेको चासो, लगानी गरेर फादना लिन मन्त्री जोशीको आग्रह


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । जिम्वावे सरकारले नेपालको लघु, साना तथा मझौला उद्योगको विकासमा पारस्परिक सहयोग गर्ने अभिरुची देखाएको छ । जिम्बाबेका लघु, साना तथा मझौला उद्योग विकास सम्वन्धी मन्त्री यस जिजि नियोनीको नेतृत्वमा नेपालको ५ दिने भ्रमणमा रहेको प्रतिनिधी मण्डल र उद्योग मन्त्रालयका प्रतिनिधी मण्डलबीच भएको छलफलमा जिम्बाबेका तर्फबाट यस्तो अभिरुची व्यक्त गरेका हुन् ।

छलफलमा जिम्बाबेका लघु, साना तथा मझौला उद्योग विकास सम्वन्धी मन्त्री नियोनीले लघु उद्यमका क्षेत्रमा नेपालले अवलम्वन गरेको रणनीति,उद्यमलाई पर्यटनसँग जोडेर विकास गर्ने कार्यक्रम लघु उद्यमीको वित्तिय पहुँच विस्तारमा नेपालले अवलम्वन गरेको रणनीति लगायतमा चासो देखाएका थिए । साथै पदयात्रा क्षेत्रमा नेपालले गरेको प्रगतिका वारेमा नेपाल र जिम्बाबेबीच सहयोगको आदान प्रदान गर्न चाहेको बताए ।

उनले खनिज उत्खननका क्षेत्रमा नेपालको तुलनामा जिम्वावेले धेरै प्रगति हासिल गरिसकेकोले जिम्बाबेको अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्ने जानकारी दिए । साथै दक्षिण सहयोगलाई विस्तार गर्न आफुहरु ईच्छुक रहेको समेत बताए ।

यी बिषयहरुमा पारस्परिक सहयोग आदन प्रदानका लागि जिम्बाबे र नेपाल सरकारबीच सहमति पत्रमा हस्ताक्षर गरेर सहयोगको प्रकृया अगाडी बढाउन चाहेको प्रतिवद्धता व्यक्त  गरे ।

भेटमा उद्योग मन्त्री नवीन्द्रराज जोशीले खनिज उत्खननका सम्वन्धमा जिम्बाबेको अनुभव नेपालका लागि पनि अनुकरणीय रहने भन्दै लघु, साना तथा मझौला उद्योगको विकासमा सहयोग आदान प्रदान गर्न सकिने बताए । साथै नेपालले लघु साना तथा मझौला उद्योगको विकासलाई उच्च प्राथमिकतामा राखेकाले यसले ग्रामिण रोजगारी बृद्धि गर्ने भएकाले गरीवि निवारणमा समेत सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।

नेपाल विदेशी लगानी आकर्षित गर्न अनुकूल नीति निर्माणको क्रममा रहेको भन्दै मन्त्री जोशीले नेपालमा लगानी गरेर फाईदा लिन सक्ने अहिले उपयुक्त अवसर रहेको समेत जानकारी दिए ।

छलफलमा राज्यमन्त्री कञ्चनचन्द्र वादे, उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोईराला, उद्योग मन्त्रालयका सह–सचिवहरु र लघु उद्यम विकास कार्यक्रमका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL