Logo

जुम्लामा विद्युत पुर्याउन ठेक्का सम्झौता, डेढ बर्षमा विद्युत आपुर्ति

जुम्लामा विद्युत पुर्याउन ठेक्का सम्झौता, डेढ बर्षमा विद्युत आपुर्ति



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय ग्रिडमार्फत विद्युत पुर्याउन टेण्डर भई ठेक्का सम्झौता भइसकेको बताएका छन । .
जुम्लाका सांसद गजेन्द्रबहादुर महतलले विद्युत समस्या समाधान गर्न गरेको फोन नियोजित रुपमा नउठाएको भन्ने आरोपमा कुनै सत्यता नरहेको घिसिङले प्रष्ट पारेका छन ।

laxmi

‘केही दिनअघि उहाँ (महत)ले फोन गर्नु भएको रहेछ, म बैठकमा थिएँ, पछि कल व्याक गर्छु भन्दा भन्दै बिर्सिए छु,’ उनले भने, ‘जुम्लाको विद्युत् समस्या समाधान गर्न प्राधिकरणले गम्भीर रुपमा काम गरिरहेको छ ।’ जुम्लामा वितरण तथा ग्राहक सेवा केन्द्र खोल्ने निर्णय भइसकेको र सुर्खेतबाट ८१ किलोमिटर ३३ केभी प्रसारण लाइन लैजान गत जेठमै ठेक्का सम्झौता गरी ठेकेदारले सर्वेक्षण अन्तिम चरणमा पुर्याएको उनले जानकारी दिएका छन ।

उनले जुम्लामा डेढ वर्षभित्रमा ग्रिड पुर्याउने लक्ष्यकासाथ काम गरिरहेका बताएका छन ।
राष्ट्रिय ग्रिड नपुगेसम्म तत्कालका लागि अस्थायी रुपमा डिजेल जेनेरेटरमार्फत जुम्लामा विद्युत् आपूर्ति गर्ने विकल्पका बारेमा पनि छलफल भइरहेको घिसिङले बताएका छन ।

उनले प्राधिकरणको स्वामित्वमा रहेको रहेको लघु जलविद्युत स्थानीय उपभोक्ता समितिले भाडा (लिज)मा लिएर चलाएको बताएका छन । ‘लिज सम्झौतामा मर्मतसम्भारको सम्पूर्ण जिम्मेवारी उपभोक्ता समितिकै रहेछ,’ उनले भने, ‘त्यसैले हामीले केही गर्न सक्दैनौं ।’

जुम्लाका सांसद गजेन्द्रबहादुर महतले मंगलबार प्रतिनिधि सभा बैठकमा उर्जामन्त्री बर्षमान पुन र प्राधिकरणका कार्यकारी निर्देशकलाई नेपालको विद्युत भारतमा होईन जुम्लालाई बेच्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL