Logo

भदौ महिनामै ११ अर्बको उद्योग दर्ता, भित्रियो २ अर्बको वैदेशिक लगानी

भदौ महिनामै ११ अर्बको उद्योग दर्ता, भित्रियो २ अर्बको वैदेशिक लगानी



काठमाडौं । भदौ महिनामा स्वदेशी र वैदेशिक लगानीका गरी ११ अर्ब रुपैयाँ बरावरका उद्योग दर्ता भएका छन । जसमा ८ अर्ब ९० करोडको स्वदेशी उद्योग दर्ता हुँदा करिब २ अर्ब रुपैयाँको वैदेशिक लगानीका उद्योग दर्ता भएको उद्योग विभागले जानकारी दिएको छ ।

भदौंमा विभिन्न क्षेत्र अन्तरगत १ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको उद्योग विभागको तथ्यांकले देखाएको छ । वैदेशिक लगानीकर्ताले सबैभन्दा बढी लगानी पर्यटन क्षेत्रमा भित्र्याएका छन् । सो क्षेत्रमा उद्योग विभागले १५ ओटा वैदेशिक लगानीका उद्योग दर्ता गरी ८९ करोड बराबरको लगानी स्वीकृत गरेको छ ।

यस्तै वैदेशिक लगानीकर्ताको दोस्रो आकर्षणमा उत्पादनमुलक उद्योग रहेको छ । उत्पादनमुलक उद्योगमा भदौ महिनामा वैदेशिक लगानीका ७ वटा उद्योग दर्ता भएका छन । ७ ओटा उद्योगमार्फत ७९ लाख ६९ हजार बराबरको लगानी स्वीकृत भएको हो ।

यस्तै यो महिना कुल १ अर्ब ९९ करोडको वैदेशिक लगानी स्वीकृत भएकामा सेवा क्षेत्रका जम्मा ७ ओटा उद्योगबाट ११ करोड रुपैयाँ लगानी स्वीकृत भएको हो ।

सो महिनामा वैदेशिक लगानीका २ ओटा ठुला उद्योगबाट १ अर्ब ३२ करोडको लगानी स्वीकृत भएको छ भने साना २९ ओटा साना उद्योगमार्फत ४२ करोड ५२ लाख लगानी भित्रिएको हो । यस्तै मझौला एउटा उद्योगमा भने ४ करोडको लगानी भित्रिएको हो ।

यसैगरी भदौमा स्वदेशी लगानीकर्ताले पनि उद्योग व्यबसाय संचालनका लागि उद्योग दर्ता गर्ने क्रम बढेको छ । स्वदेशी लगानीकर्ताले भदौमा मात्रै ८ अर्ब ९० करोड बराबरको उद्योग दर्ता गरेका छन । जसमा स्थिर पूँजी अन्तरगत ७ अर्ब २८ करोड रुपैयाँ र चालु पूँजीमा १ अर्ब ६२ करोड लगानी गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
स्वदेशी लगानीकर्ताको पहिलो आकर्षणमा उत्पादनमुलक उद्योग रहेको छ । जसमा विभागले १८ ओटा उद्योग स्थापनाका लागि ६ अर्ब ९३ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ ।

यस्तै स्वदेशी लगानीकर्ताहरुको पनि दोस्रो आकर्षणमा पर्यटन उद्योग रहेको छ । भदौ महिनामा विभागले १४ ओटा उद्योगमार्फत ९१ करोड ७५ लाख स्वीकृत भएको छ । यस्तै स्वदेशी लगानीका ५ ओटा ठुला, ९ ओटा मझौला र ४७ ओटा साना उद्योगहरु विभागमा दर्ता भएका हुन ।

यसैगरी सेवामुलक क्षेत्रमा २४ ओटा उद्योग दर्ता भएका छन । जसमा ७५ करोड ४७ लाख लगानी भित्रिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL