Logo

लगानी बोर्डले तयार गर्याे ११ खर्ब ८८ अर्बका १४ परियोजना, २०२० भित्रै ह्वासिनको उत्पादन बजारमा

लगानी बोर्डले तयार गर्याे ११ खर्ब ८८ अर्बका १४ परियोजना, २०२० भित्रै ह्वासिनको उत्पादन बजारमा



काठमाडौं । लगानी बोर्डले लगानी सम्मेलनमा शोकेश गरिएका ५० मध्ये १४ परियोजनाको संक्षिप्त सुचि तयार पारेको छ । बोर्डले विभिन्न १४ परियोजनाको ११ खर्ब ८८ अर्ब नेपाली रुपैयाँ बराबरको लगानीका आयोजनाको संक्षिप्त सुचि तयार पारेको हो ।

यीमध्ये लगानी बोर्डले ७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनी समेत छनोट भईसकेको जानकारी दिएको छ । बोर्डले १० अर्ब ५४ करोड रुपैयाँ अनुमानित लागत भएको भेइकल म्यानुफ्याक्चरिङ् तथा एसेम्ब्लिङ प्लान्ट परियोजनाका लागि कोरियाको मोट्रेक्स कम्पनीसँग परियोजना लगानी सम्झौतामा प्रारम्भिक हस्ताक्षर गरिसकेको छ ।

यस्तै प्रदेश १ को दमकमा करिब ६४ अर्ब ६१ करोड रुपैयाँ लागत रहेको चाईना नेपाल फ्रेन्डसिप पार्क निर्माणका लागि समेत समझदारी भएको छ । त्यस्तै, विराटनगर, वीरगंज र भैरहवामा निर्माण हुने करिब १३ अर्ब रुपैयाँ कुल लागतको मल्टीमोडल लजिस्टिक पार्कको विस्तृत सम्भाव्यता अध्ययनका लागि २

छुट्टाछुट्टै कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ । यसैगरी, प्रस्ताव आह्वान नगरिएका परियोजनामा प्राप्त १५ प्रस्तावहरुमध्ये १० वटा परियोजनाहरु कार्यान्वयनको लागि अध्ययनको चरणमा रहेका छन् । यी परियोजनाहरु अघि बढेसँगै देशको उर्जा, उद्योग, यातायात तथा कृषि लगायतका क्षेत्रका पूर्वाधार विकासमा सहयोग पुग्ने बोर्डले जानकारी दिएको छ ।

यस्तै सम्मेलनकै क्रममा हस्ताक्षर तथा घोषणा भएका १६ वटा समझदारीहरु समेत कार्यान्वयन भइरहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिएका छन । उनका अनुसार लगानी बोर्डले हाल करिब ५ सय ६५ अर्ब रुपैयाँ कुल परियोजना लागत भएका ९ वटा विभिन्न क्षेत्रका परियोजनाहरु कार्यान्वयन तथा सहजीकरण गरिरहेको छ ।

जसमध्ये करिब १ खर्ब ४ अर्ब रुपैयाँ लागतको अरुण(तेस्रो जलविद्युत परियोजनाले बाँध, विद्युतगृह तथा सुरुङ जस्ता महत्वपूर्ण संरचना निर्माणमा करिब एक तिहाई काम पूरा भईसकेको उनको भनाई छ ।

यस्तै २०१८ बाट व्यवसायिक उत्पादन थालेको होङ्सी सिमेन्ट प्रा.लि. ले दोस्रो चरणको उत्पादन योजनाका लागि आवश्यक तयारी सुरु गरिसकेको छ । यसै वर्ष शिलान्यास भएको ह्वासिन नारायणी सिमेन्ट उद्योगले २०२० को जूलाइभित्र आफ्नो उत्पादन थाल्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाईरहेको जानकारी दिएको छ । २०७५ चैत्रमा जारी सार्वजनिक(निजी साझेदारी तथा लगानी ऐनले लगानी बोर्डको कार्यक्षेत्र बढाउँनुका साथै थप जिम्मेवारी समेत प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL