Logo

लघुवित्तको आईपीओमा नयाँ रेकर्ड, एनआईसी एशियामा ४ लाख १२ हजारले दिए आवेदन

लघुवित्तको आईपीओमा नयाँ रेकर्ड, एनआईसी एशियामा ४ लाख १२ हजारले दिए आवेदन



काठमाडौं । एनआइसी एशिया लघुवित्तको प्राथमिक सेयर (आईपीओ) मा हालसम्मकै उच्च अर्थात ४ लाख १२ हजार ३ सय ३२ जनाले आवेदन दिएका छन् । आईतबार अन्तिम म्याद रहेको उक्त आईपीओमा लघुवित्तकै सबैभन्दा बढीले आवेदन भरेका हुन ।

laxmi

लघुवित्तको सेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार उक्त आवेदन संख्या सर्वसाधारणमा निष्काशन गरिएको आईपीओमा परेको हालसम्मकै उच्च संख्या हो।

लघुवित्तले सर्वसाधारणमा ४४ करोड ४३ लाख २० हजार रुपैयाँको आईपीओ बिक्री खुला गरेको थियो। तर आवेदकहरुबाट भने २ अर्ब २९ करोड ६८ लाख ८७ हजार रुपैयाँ बराबरको २ करोड २९ लाख ६८ हजार ८७० कित्ताका लागि माग भएको छ।

लघुवित्तले असार १० गते बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा कूल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। जसमध्ये ७४ हजार कित्ता कर्मचारीलाई र २ लाख ३७ हजार ८०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिसकिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL