Logo

सनराइज बैंक र हङकङस्थित एटी सर्भिसबीच सम्झौता, अब अनलाईनबाटै विप्रेषण पाईने

सनराइज बैंक र हङकङस्थित एटी सर्भिसबीच सम्झौता, अब अनलाईनबाटै विप्रेषण पाईने



काठमाडौं । सनराइज बैंक र हङ्गकङ्ग स्थित एटी सर्भिसबीच एक सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच एटी सर्भिसमार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार हङ्गकङ्गमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । यसरी एटी सर्भीसेजमार्फत पैसा पठाउदा तुलनात्मक अधिकतम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ ।

हङ्गकङ्ग बाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका देशभर रहेका १ सय ३४ शाखाहरु र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरी छरिएका १० हजारभन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भक्तानी लिन सकिनेछ ।

साथै बैंक खातावालाको हकमा भने, यो सेवा सन्राइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ । सनराइज बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त छ ।

प्रतिक्रिया दिनुहोस्
MBL