Logo

कामना सेवाको अनलाईन कर्जा आवेदन सेवा सञ्चालनमा, घरैमा बसेर आवदेन दिन सकिने

कामना सेवाको अनलाईन कर्जा आवेदन सेवा सञ्चालनमा, घरैमा बसेर आवदेन दिन सकिने



काठमाडौं । ‘प्रगतिको आधार कामना सेवा सँग कारोबार’ भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले कोरोना महामारीको बेला ग्राहकहरुको सेवा र सुरक्षलाई ध्यानमा राख्दै असार १४ गते देखि लागू हुनेगरी बैंकको वेबसाइट मार्फत अनलाईन कर्जा योग्यता मापन÷ आवेदन गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

अब ग्राहक माहानुभावहरुले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा शेयर कर्जा, प्रोफेश्नल लोन, घर कर्जा, सवारी कर्जा, व्यापारिक कर्जा लागि आवेदन दिन सक्नेछन् । काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटीरएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैकिङ, सि–आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL