Logo

बैंक अफ काठमाण्डूको कोरोना कोषमा १ करोड, प्रत्येक प्रदेशलाई ५ लाख दिने निर्णय

बैंक अफ काठमाण्डूको कोरोना कोषमा १ करोड, प्रत्येक प्रदेशलाई ५ लाख दिने निर्णय



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले सरकारी राहत कोषमा १ करोड रुपैयाँ दिने भएको छ ।

laxmi

बैंकले कोभिड–१९ नियन्त्रणका लागि स्थापना भएको सरकारी राहत कोषमा उक्त रकम जम्मा गर्ने भएको हो । बैंकले उक्त १ करोड रुपैयाँ सहायता रकम अन्तरगत प्रत्येक प्रदेशको राहत कोषमा ५ लाख रुपैयाँको दरले ३५ लाख रुपैयाँ तथा बाँकी ६५ लाख रुपैयाँ केन्द्रिय सरकारको राहत कोषमा जम्मा गर्ने निर्णय बैंकले जानकारी दिएको छ ।

कोरोना भाइरसको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार र विपन्न वर्गलाई खाधान्नको व्यवस्थालगायतका काममा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम जम्मा गर्न लागेको बैंकले जानकारी दिएको छ । बैंकले लकडाउनको अवधिमा समेत अत्यावश्यक सेवा अन्तरगत एटिएम, नगद काउन्टर, रेमिटान्सलगायत एलसी, ग्यारेन्टी जस्ता सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL