Logo

सनराईज बैंकको शाखारहित बैंकिङ सेवा खैरहनी चितवनमा, सेवा संख्या ४८ पुग्यो

सनराईज बैंकको शाखारहित बैंकिङ सेवा खैरहनी चितवनमा, सेवा संख्या ४८ पुग्यो



काठमाडौं । सनराइज बैंकले चितवनको खैरहनीमा आफ्नो शाखारहित बैकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले मंगलबार एक कार्यक्रमका बीच खैरहनी नगरपालिका १३ स्थित आफ्नो ४८ औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

laxmi

खैरहनी नगरपालिकाका उप(प्रमुख सुनिता खरेल थपलिया, सोही नगरपालिकाका वडा नं १२ र १३ का अध्यक्ष टिकाराम तिमिल्सिना र बलकुमार उप्रेतीको उपस्थितिमा उक्त सेवाको उद्घाटन गरिएको हो ।

सोही कार्यक्रममा खैरहनी नगरपालिकाका उप(प्रमुख सुनिता खरेल थपलियाले बैंकिङ सेवाका प्रतिनिधि धुर्ब कुमार बस्नेतलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दैे शाखारहित बैंकिङ सेवा संचालन गरिएको हो ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ । यस सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL