Logo

सेञ्चुरी बैंक र ग्रान्डी ईन्टरनेशनल अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट

सेञ्चुरी बैंक र ग्रान्डी ईन्टरनेशनल अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र धापासीस्थित ग्रान्डी ईन्टरनेशनल अस्पतालबीच सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको हो ।

laxmi

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शेयरधनीहरुले अस्पतालको थुप्रै सेवामा आकर्षक छुट पाउनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक बिकास मान सिंहले हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL