Logo

एटिएम बुथमा २४सै घण्टा सुरक्षा गार्ड राख्न राष्ट्र बैंकको निर्देशन

एटिएम बुथमा २४सै घण्टा सुरक्षा गार्ड राख्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पुर्ण बैंकहरुलाई आफुअन्तरगतका एटिएम बुथमा २४सै घण्टा सुरक्षा गार्ड राख्न निर्देशन दिएको छ । पछिल्लो समय एटिएममार्फत पैसा चोरीका घटना बढेपछि राष्ट्र बैंकले एटिएम बुथको कडा सुरक्षा गर्न निर्देशन दिएको हो ।

laxmi

राष्ट्र बैंकले बिहीबार एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीए संस्थाहरुबाट संचालित सम्पुर्ण एटिएम बुथहरुमा २४सै घण्टा अनिवार्य रुपमा सुरक्षा गार्डको व्यवस्था गरी बुथहरुको विशेष निगरानी गर्नुपर्ने निर्देशन दिएको हो ।

यस्तै उक्त एटिएम बुथहरुमा कुनै शंकास्पद कार्य भएको पाईएमा तुरन्त बैंकको पदाधिकारीलाई सुचना दिने व्यवस्थ मिलाउन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यस्तै राष्ट्र बैंकले सिस्टम अडिटबाट प्राप्त भएका कैफियतहरु तत्काल सुधार गरी राष्ट्र बैंकमा जानकारी दिन समेत निर्देशन दिएको छ । हाल नेपालभरी विभिन्न बैैंकहरुका ३ हजार ३ सय १६ ओटा एटिएम बुथ छन ।

प्रतिक्रिया दिनुहोस्
MBL