Logo

एनआईसी एशिया बैंक र उपाय सर्भिसेसबीच सम्झौता, कम्पनीको सेवामा २० प्रतिशत छुट

एनआईसी एशिया बैंक र उपाय सर्भिसेसबीच सम्झौता, कम्पनीको सेवामा २० प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंक र उपाय सर्भिसेसबीच सम्झौता भएको छ । उक्त सम्झौता पछि उपायले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकहरुले डिजिटल च्यानलहरुमार्फत् भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने भएको छ ।

laxmi

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र उपाय सर्भिसेस कम्पनीका अध्यक्ष सुमन रायमाझीले सो सम्झौतामा हस्ताक्षर गरेका छन । कम्पनीमार्फत सेवाग्राहीले नयाँ कम्पनी दर्ता, वार्षिक विवरण, लेखासँग सम्बन्धित सेवाहरुलगायतका सेवा समेत पाउन सकिने छ ।

साथै कम्पनीले बैंकका कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि एनएफआरएसको मापदण्ड अनुसार वित्तीय विवरण तयार, अपग्रेड, ऋण मूल्यांकन प्रक्रियासम्बन्धी तालिमसमेत प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकले २९५ शाखा, ३२१ एटिएम, ५७ एक्स्टेन्सन काउण्टर एवं ४१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL