Logo

ज्योति विकास बैंक र आइएमई पेबीच सम्झौता, बैंकका ग्राहकलाई आइएमई पे सेवा

ज्योति विकास बैंक र आइएमई पेबीच सम्झौता, बैंकका ग्राहकलाई आइएमई पे सेवा



काठमाडौं । ज्योति विकास बैंक र आइएमई पेबीच सम्झौता भएको छ । बैंकले ग्राहकलाई डिजिटल भुक्तानी सेवा सहज बनाउनको लागि आइएमई पेसँग सो सम्झौता गरिएको हो ।

laxmi

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली तथा आइएमई पेका डाइरेक्टर खिलेन्द्र पौड्यालले सो सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौता पश्चात बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी आइएमई पेको प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन ।

आइएमई पेको मोबाइल एप प्रयोग गरी बैंकका ग्राहकहरुले मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डिटिएच भुक्तानी, बीमाशुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, होटेल रुम बुकिङ, अनलाइन सामान खरिदलगायतका सेवा प्राप्त गर्न सक्नेछन ।

बैंकले ९७ शाखा, २ एक्सटेन्सन काउन्टर तथा ४० एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै चालु आवमा थप १२ वटा नयाँ शाखा संचालनमा ल्याउने तयारी भईरहेको बैंकले जानकारी दिएको छ ।

बैंकले २९ अर्ब ५० करोड रुपैयाँ भन्दा बढि निक्षेप संकलन गरी २५ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL