Logo

जनता बैंकको शाखा ललितपुरको खुमलटारमा, शाखा संख्या १४२ पुग्यो

जनता बैंकको शाखा ललितपुरको खुमलटारमा, शाखा संख्या १४२ पुग्यो



काठमाडौं । जनता बैंकले ललितपुरको खुमलटारमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको बैंक संचालक समिति अध्यक्ष केशब बहादुर रायमाझीले उद्घाटन गरेका हुन ।

laxmi

देशको सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा बिस्तारलाई तिब्रता दिएको बैंकले जानकारी दिएको छ ।

बैंकको खुमलटार शाखासँगै कुल शाखा संख्या १ सय ४२ पुगेको छ । साथै बैंकले १ सय ८ एटिएम, ५० शाखा रहित बैंकिङ, १ सीमित बैंकिङ ईकाइ, ३ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL