Logo

राष्ट्रिय वाणिज्य बैंकले खानेपानीमा लगानी गर्दै, साढे १ प्रतिशत ब्याजमा ८० प्रतिशत सम्म ऋण

राष्ट्रिय वाणिज्य बैंकले खानेपानीमा लगानी गर्दै, साढे १ प्रतिशत ब्याजमा ८० प्रतिशत सम्म ऋण



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले खानेपानीमा लगानी गर्ने भएको छ । बैंकले दक्षिण एशियाली महिला विकास मञ्च र टाटा परियोजनासँगको सहकार्यमा लगानी गर्ने भएको हो ।

laxmi

शुक्रबार एक कार्यक्रमकाबीच खानेपानी मन्त्री बीना मगरको सहभागितामा खानेपानीमा लगानी गर्न दक्षिण एशियाली महिला विकास मञ्च र टाटा परियोजनासँग सम्झौता गरेको छ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजाल र परियोजनाका एचइकुट्टीले हस्ताक्षर गरेका छन ।

सम्झौता पछि परियोजनाले उपलब्ध गराएको १५ लाख रुपैयाँसम्म पर्ने खानेपानी प्रशोधन गर्ने मेसिनमा राष्ट्रिय वाणिज्य बैंकले सहुलियत दरको महिला उद्यमशिलता कर्जा अन्तर्गत १ दशमलब ६ प्रतिशत ब्याजदरमा ८० प्रतिशत सम्म ऋण लगानी गर्ने भएको छ ।

हाल गुरु योजनाको रुपमा काभ्रेको नाला र पनौती क्षेत्रमा सो परियोजना लागु गरिने छ । कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले नेपाली महिलाले खानेपानी ब्यवस्थाको लागि जिवनमा धेरै समय ब्यतित गरिरहेको भन्दै महिलाहरुमा सजिलै खानेपानीको ब्यवथा गर्न सो सम्भाmैताले सहयोग पुग्ने बताएकी छन ।

सोही अवसरमा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकको सम्पर्ण शाखा मार्फत ऋण लिन सकिने जानकारी दिएका छन ।

दक्षिण एशियाली महिला विकास मञ्का अध्यक्ष आचार्य रिजालले महिलाद्धारा स्वच्छ र शुद्ध खानेपानी उत्पादन गर्ने कार्यमा समन्वयनकारी भुमिका प्रतिबद्धतारुपमा निर्वाह गरिने बताएकी छिन ।

प्रतिक्रिया दिनुहोस्
MBL