Logo

नेपाल बैंकबाट बाहिरिए देबेन्द्रप्रताप शाह, अधिकारीलाई सिईओको कार्यभार

नेपाल बैंकबाट बाहिरिए देबेन्द्रप्रताप शाह, अधिकारीलाई सिईओको कार्यभार



काठमाडौं । नेपाल बैंक लिमिटेडबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह बाहिरिएका छन । उनले आफ्नो ४ वर्षे कार्यकाल पुरा हुँदै आजैबाट लागू हुनेगरी बैंकको सिईओबाट छाडेका हुन् ।

laxmi

शाहले छाडेसँगै तत्कालका लागि बैंकका निमित्त सिईओ कृष्णबहादूर अधिकारीलाई निमित्त सिईओको जिम्मेवारी दिईएको बैंक संचालक समितिका अध्यक्ष बासुदेव अधिकारीले जानकारी दिए ।

‘हालका सिईओको कार्यकाल सकिएसँगै अबको ३ महिनाभित्र नयाँ सिईओ नियुक्त गर्नुेहुन्छ,’ उनले भने, ‘अबको १ हप्ता भित्र पदपूर्ति समिति गठन गर्नेछौं ।’ उक्त समितिले नयाँ सिईओ छनौटका लागि आवेदन माग गर्ने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL