Logo

एनआईसी एशियाको नयाँ शाखा सप्तरीको राजविराजमा, शाखा संख्या २७७ पुग्यो

एनआईसी एशियाको नयाँ शाखा सप्तरीको राजविराजमा, शाखा संख्या २७७ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्दै सप्तरीस्थित राजविराज शाखा संचालनमा ल्याएको हो ।

laxmi

राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले उक्त नयाँ शाखाको उद्घाटन गरेका छन । नयाँ शाखाको उद्घाटन गर्दै उनले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउदै गएको जानकारी दिएका थिए ।

बैंकले हाल देशभर २ सय ७७ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार २ खर्ब १५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ खर्ब ६८ अर्ब तथा कर्जा १ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL