Logo

राष्ट्रिय वाणिज्य बैकको शाखा गुल्मीको रिडीमा, शाखा संख्या २१० पुग्यो

राष्ट्रिय वाणिज्य बैकको शाखा गुल्मीको रिडीमा, शाखा संख्या २१० पुग्यो



काठमाडौं । नेपाल राष्ट्रिय वाणिज्य बैकले गुल्मीको रिडीमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले शनिबार उद्घाटन गरेका छन । विस्तारित शाखासँगै बैंकको शाखा संख्या २ सय १० पुगेको छ ।

मन्त्री ज्ञवालीले बिकासको लागि सबैभन्दा पहिले सम्पूर्ण स्थानीय तहमा बैंक आवश्यक भएको र बैंक भएपछि मात्र अन्य क्षेत्रको बिकास हुने बताउंदै रावा बैंक जनताकै बैंक भएकोले ढुक्कसंग कारोबार गर्न आग्रह गरेका छन ।

कार्यक्रममा गुल्मी १ क. का प्रदेश सभा सांसद कमलप्रसाद श्रेष्ठले रावा बैंक सरकारी बैंक भएकोले प्राथमिकता क्षेत्रमा कर्जा प्रवाह गर्न विशेष जोड दिनुपर्ने बताएका छन ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैकले नयां संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि दिगो आर्थिक विकासको लागि वित्तीय पहुंच विस्तार गरिने वताएका छन ।

बैंकले २ सय १० शाखा, १ सय ६५ एटिएम र ९३ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकको १ खर्व ८० अर्ब रुपैंया निक्षेप संकलन र १ खर्व २८ अर्ब रुपैंया कर्जा लगानी रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL